
काठमाडौं ।
टाटा मोटर्सले भारतमा आफ्नो चौथो इलेक्ट्रिक कार पन्च ईभी लन्च गर्ने तयारी गरिरहेको छ। टाटाको कम्प्याक्ट एसयूभीको प्रोडक्सनका लागि तयार अवस्थामा टेस्टिङको क्रममा देखिएको ड्राइभस्पार्कले उल्लेख गरेको छ।
टाटा मोटर्स हाल भारतको इलेक्ट्रिक अटोमोटिभ बजारमा अग्रस्थानमा छ। रिपोर्टका अनुसार टाटा पन्च ईभी यस वर्षको अन्त्यसम्म बजारमा उपलब्ध हुन सक्छ।
हाल कम्पनीले नेक्सन, टिगोर र टियागो ईभी बिक्री गरिरहेको छ। टाटा पन्च ईभीको टेस्टिङ म्यूल धेरै पटक भारतीय सडकमा देखा परिसकेको छ।
टाटा पन्च ईभीको टेस्टिङको तस्बिरबाट यो नेक्सन ईभी फेसलिफ्टकै समान एलईडी हेडलाइट सेटअप र फ्रन्ट कनेक्टेड डीआरएलका साथ उपलब्ध हुनेछ।
यसका साथै अपडेटेड ईभी स्पेशल ग्रिल र पुन डिजाइन गरिएको फ्रन्ट बम्परका साथ चौडा एलईडी लाइट बार प्याकेजको हिस्सा हुनेछ। यस्तै फाइभ स्पोक अलो ह्वील्स र नेक्सनकै समान नयाँ टेललाइट हुन सक्छ।
टाटा पन्च ईभीमा अपडेटेड इन्टेरियलमा डिजिटल लोगोका साथ नयाँ २ स्पोक स्टेयरिङ ह्वील, ७ इन्च वा १०.२५ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, नयाँ इन्स्ट्रुमेन्ट क्लस्टर, रोटरी स्टाइल गियर सिफ्ट र इलेक्ट्रिोनिक पार्किङ ब्रेक हुनेछ।
यसका साथै ब्ल्याकलिट लोगो र चारैतर्फ निलो रंगको एक्सेन्टको रुपमा केही अपडेट पनि पाउन सकिन्छ। टेस्टिङको क्रममा देखिएको तस्बिर अनुसार यसमा ३६० डिग्री क्यामरा पनि दिइनेछ।
नेक्सन ईभीकै समान टाटा पन्च ईभी मिड रेञ्ज र लङ रेञ्ज दुबै भर्सनमा उपलब्ध हुने विश्वास गरिएको छ। यसको ब्याट्री टिगोर ईभी वा नेक्सन ईभीकै समान हुनेछ।
रिपोर्टका अनुसार पन्च ईभीको लङ रेञ्ज भर्सनले फूल चार्जमा ३०० किलोमिटरभन्दा अधिक रेञ्ज प्रदान गर्ने विश्वास गरिएको छ। यसको मूल्य ११ लाख ६१ हजार भारु (एक्स शोरुम) को आसपास हुनेछ।
प्रकाशित: १ मंसिर २०८०, शुक्रबार