टिकटक बन्द गराउने सरकारको निर्णयको रास्वपा सभापति लामिछानेले गरे विरोध

  • Technology Khabar | २७ कार्तिक २०८०, सोमबार
टिकटक बन्द गराउने सरकारको निर्णयको रास्वपा सभापति लामिछानेले गरे विरोध

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले टिकटक बन्द गराउने सरकारको निर्णयको विरोध गरेका छन्।

उनले नेताहरु भ्रष्ट भए भन्दैमा दलहरुमाथि नै प्रतिबन्ध लगाउन नहुने टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाललाई नियमन गर्नुपर्नेमा बन्द गर्ने काम भएको भन्दै उनले माध्यमलाई नै प्रतिबन्ध लगाइएको बताएका हुन।

‘अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष ? प्राविधिक रुपमा खराबलाई नियन्त्रण गर्न सकिन्छ’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यो निर्णय गर्ने सत्ताधारी दलकै कैयौं नेताहरु भ्रष्ट होलान्, के अब पार्टी नै बन्द गरिदिने हो त ?’

उनलेआजको युगमा सामाजिक सञ्जाल (सोसल मिडिया) को विकल्प सुधारिएको सामाजिक सञ्जाल भएको समेत उल्लेख गरेका छन्।

प्रकाशित: २७ कार्तिक २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार