
काठमाडौं ।
नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो। टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका प्रेस सल्लाहकार नरेन्द्र केसीका अनुसार टिकटकलाई रोक लगाउने सम्बन्धी निर्णय मन्त्रिपरिषद्ले गरेको हो। यसलाई सञ्चार मन्त्रालयले कार्यान्वय गर्नेछ।
तर सरकारले टिकटक बन्द गर्ने कुनै समयावधि तोकेको छैन।
प्रकाशित: २७ कार्तिक २०८०, सोमबार