अनर १०० सिरिजका फोनलाई १०० वाट फास्ट चार्जिङको साथ ३सी प्रमाणीकरण प्राप्त

  • Technology Khabar | २७ कार्तिक २०८०, सोमबार

काठमाडौं ।

अनर १०० श्रृंखलाले १०० वाट फास्ट चार्जिङको साथ ३सी प्रमाणीकरण प्राप्त गरेकाे छ।

भर्खरैका लीकहरूले अनर १०० सिरिजका स्मार्टफोन नोभेम्बरको अन्त्यमा अनावरण हुन सक्ने सुझाव दिएकाे छ। तर आधिकारिक लन्च मिति घोषणा गर्न बाँकी छ।

आगामी सिरिजमा अनर १००, अनर १०० प्रो, र अनर १०० जीटी गरि तीनओटा  डिभाइसहरू समावेश हुने तय गरिएको छ।

त्यस्तै  दुई सम्भावित अनर १०० श्रृंखला स्मार्टफोनहरू, एमएए-एन १० र एमए-एन ०० मोडलहरू, चीनमा ३ सी प्रमाणीकरण प्राप्त गरेका गिज्माेचाइनामा उल्लेख छ।

यो प्रमाणीकरणले डिभाइसहरूले १०० वाट फास्ट चार्जिङ र ५ जी कनेक्टिभिटीलाई समर्थन गर्ने कुरा प्रकट गर्छ।

फास्ट चार्जिङ र ५जी क्षमताहरू बाहेक, ३सी प्रमाणीकरणद्वारा अन्य कुनै विवरणहरू खुलासा गरिएको छैन।

यद्यपि, चर्चाहरुले अनर १०० सिरिजले १.५ के रिजोल्युसन डिस्प्ले, आई प्रोटेक्सनको लागि हाइ-फ्रिक्वेन्सी डिमिङ, र क्वालकमको स्न्यापड्रयागन ८ जेन २ एसओसी बुस्ट गर्ने सुझाव दिन्छ।

त्यस्तै, उपकरणहरूमा डुअल फ्रन्ट-फेसिङ क्यामरा र गोलाकार रियर क्यामरा मोड्युल फिचर हुने अपेक्षा गरिएको छ। अनरले अझै अनर १०० श्रृंखलाको आधिकारिक सुरुवात मिति खुलाएको छैन्।

प्रकाशित: २७ कार्तिक २०८०, सोमबार

तपाइको प्रतिक्रिया