ट्यांगोपेमार्फत बेलायतबाट पैसा पठाउँदा आईफोन १५ जित्न सकिने

  • Technology Khabar | २६ कार्तिक २०८०, आईतवार
ट्यांगोपेमार्फत बेलायतबाट पैसा पठाउँदा आईफोन १५ जित्न सकिने

काठमाडौं ।

ईसेवा मनी ट्रान्सफर, नेपालको अग्रणी डिजिटल रेमिट्यान्स कम्पनीले बेलायतस्थित ट्यांगोपेको साझेदारीमा आईफोन योजना ल्यएको छ।

यो योजना नोभेम्बर १० बाट सुरु भइ जनवरी १५ सम्म लागु हुनेछ।

यस अन्तर्गत  बेलायतबाट ट्यांगोपेमार्फत रेमिट्यान्स पठाउने एक भाग्येशाली विजेताले जित्न सक्नु हुनेछ आईफोन १५का साथै ईसेवा मनी ट्रान्सफर मार्फत ईसेवा वालेटमा सिधै पैसा पठाउने एक भाग्यशाली विजेताले काठमाडौंमा घर जित्न सक्नेछ।

यस योजनाअन्तर्गत ग्राहकहरुले जुनसुकै मध्यम अर्थात् ईसेवा वालेट, बैंक वा सोझै नगद पठाई आईफोन जित्ने मौका सुनिश्चित गर्न सक्ने बताईएको छ।

ईसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने “ग्राहकहरुको अनुभव अभिवृद्धि गर्न थुप्रै योजनाहरु जारी गर्दै सजह सेवा प्रदान गर्न प्रतिबद्धता छौ। ट्याङ्गोपेको साझेदारीमा आईफोन योजना सुचारू भएसंगै अब बेलायतमा बस्दै गर्नुभएको नेपालीहरुले ईसेवा मनी ट्रान्सफर मार्फत सहज रुपमा नेपाल पैसा पठाई आईफोन जित्न सक्नुहुनेछ।”

प्रकाशित: २६ कार्तिक २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...