भारतमा सरकारले मोबाइल फोन प्रयोगकर्तालाई युनिक आइडी नम्बर दिने

  • Technology Khabar | २६ कार्तिक २०८०, आईतवार
भारतमा सरकारले मोबाइल फोन प्रयोगकर्तालाई युनिक आइडी नम्बर दिने

काठमाडौं ।

छिमेकी देश भारतको सरकारले चाँडै भारतीय मोबाइल ग्राहकहरूलाई एक अद्वितीय आईडी नम्बर प्रदान गर्ने भएकोछ।

यो आईडी नम्बरले एउटा पहिचान कार्ड जस्तै काम गर्नेछ जसमा ग्राहकको प्राथमिक र एड-अन फोन कनेक्सनहरूसँग सम्बन्धित सबै कुराको जानकारी समावेश हुनेछ। यसमा ग्राहकले कति फोन प्रयोग गर्छन्, साथमा कति सिमकार्डहरू छन्, कुन सिम कहाँ सक्रिय छ, साथै ग्राहकको नाममा कति ओटा सिमकार्डहरू जारी भएका छन् जस्ता जानकारी हुने बताईएको छ।

द फाइनान्सियल एक्सप्रेसको रिपोर्टकाअनुसार यो आईडी नम्बरको मद्दतले सरकारले मोबाइलसँग सम्बन्धित सबै जानकारी एकै ठाउँमा राख्ने छ र आवश्यक परे केही नम्बरहरूमार्फत पहुँच गर्न सक्नेछ।

वास्तवमा ट्र्याकिङ सिस्टमलाई प्रभावकारी बनाउनुका साथै आम प्रयोगकर्तालाई ठगीबाट जोगाउन सकोस् भनेर यो युनिक मोबाइल आइडी ल्याइएको रिपोर्टमा उल्लेख छ। यो आईडी नम्बरको सहयोगमा भारत सरकारले नक्कली सिमकार्ड र अत्यधिक बितरित सिमकार्ड रद्द गर्न सक्नेछ।

हाल, भारतीय दूरसञ्चार विभागले विभिन्न इजाजतपत्र प्राप्त सेवा क्षेत्रहरू (LSAs) मा एआई-आधारित फेसियल रिकग्निसन टेक्नोलोजी प्रयोग गरेर लेखापरीक्षण गर्दछ र त्यसपछि धेरै बाँडिएका सिमकार्डहरू ब्लक गरिएका छन्।

ग्राहकले नयाँ कनेक्सनको लागि आवेदन दिँदा यो अद्वितीय आईडी सरकारले दिनेछ। यसका साथै नयाँ सिम कार्ड किन्दा कसले प्रयोग गर्ने भन्ने पनि बताउनुपर्नेछ। मोबाइल आईडी नम्बरमा प्रयोगकर्ताको सिमकार्ड बाहेक आम्दानी, उमेर, शिक्षा लगायतका अन्य जानकारी पनि सङ्कलन गरिनेछ।

प्रकाशित: २६ कार्तिक २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

चोरीसिकारी नियन्त्रण गर्न सिसी क्यामरा

  • Technology Khabar
  • २६ कार्तिक २०८०, आईतवार