
काठमाडौं ।
टाटा ग्रुप (समूह) ले अन्ततः भारतमा आईफोनहरू एसेम्बल गर्ने विस्ट्रोनको डिभिजनको अधिग्रहण पूरा गरेको छ। सम्झौतामा विस्ट्रोन इन्फोकम म्यानुफ्याक्चरिङको १०० प्रतिशत इक्विटी स्टेक (हिस्सेदारी), प्रोडक्सन (उत्पादन) लाइनहरूको लागि १२५ मिलियन अमेरिकी डलर भुक्तानी र प्यारेन्ट (मूल) कम्पनी विस्ट्रोन भारतलाई प्रदान गरिएको ५५० मिलियन अमेरिकी डलर इन्टर–कर्पोरेट ऋण समावेश रहेको छ।
त्यसैगरी सम्झौतामा बेङ्गलुरु नजिकैको आठ ओटा प्रोडक्सन लाइनहरू भएको ४४–एकड (लगभग १८०,००० वर्ग मिटर) फ्यासिलिटी समावेश रहेको उल्लेख छ। यो ठाउँ आईफोन १२ र आईफोन १४ डिभाइसहरू एसेम्बल्ड गरिएको ठाउँहरू मध्ये एक भएको र टाटाले एसियाली देशमा बढ्दो आईफोन उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षाहरू गरिएको छ।
एप्पलको भारतमा आईफोनहरू बनाउका लागि भनेर फक्सकन, पेगाट्रोन र लक्सशेयर जस्ता धेरै साझेदारहरू रहेतापनि यी सबै चिनियाँ कम्पनीहरू हुन्। तर आईफोन उत्पादनको हेरचाह गर्ने टाटा पहिलो भारतीय कम्पनी बनेको र यसको सीईओ र प्रबन्ध निर्देशकले यो सम्झौता महत्वपूर्ण कोसेढुङ्गा भएको बताएका छन्।
भारतको सबैभन्दा ठूलो समूह टाटा ग्रुपको बेल्टअन्तर्गत २९ कम्पनीहरू रहेको छ भने टाटा ग्रुपको टाटा मोटर्सले २०२० देखि इलेक्ट्रिक भेहिकल्स (विद्युतीय सवारी साधनहरू) बनाइरहेको छ।
आईफोन उत्पादन टाटा इलेक्ट्रोनिक्सको छाता अन्तर्गत पर्ने र तमिलनाडुस्थित होसुरमा रहेको यस फ्यासिलिटीमा पर्ने यसै विभागमा आईफोन एसईको क्यासिंगहरू पनि उत्पादन गरिएको उल्लेख छ।
प्रकाशित: २६ कार्तिक २०८०, आईतवार