
काठमाडौं ।
सामसङले ग्यालेक्सी एआई घोषणा गरेको छ।
एआई-संचालित इनिसीएटिभ यसको आगामी डिभाइसहरूमा प्रयोगकर्ता अनुभव बृद्धि गर्न डिजाइन गरिएको बताइएको छ।
कम्पनीका अनुसार, यो कम्प्रिहेन्सीभ एआई सोल्यूसनले सामसङ र क्लाउड-बेस्ड एआई-इनेबल उद्योग साझेदारहरू, सम्भवतः माइक्रोसफ्ट र गुगल जस्ता कम्पनीहरू सहितको सहकार्य मार्फत विकास गरेको अन-डिभाइस एआई दुवैको लाभ उठाउँनेछ।
यसकाे लागि ग्यालेक्सी एआई दैनिक मोबाइल प्रयोगका विभिन्न पक्षहरूलाई सुरक्षा र गोपनीयतालाई प्राथमिकतामा राखेर सुधार गर्न तयार रहेकाे गिज्माेचाइनामा उल्लेख छ।
एआई लाइभ ट्रान्सलेट कल लाई ग्यालेक्सी एआईको मुख्य विशेषताहरू मध्ये एक रहेको मानिएकाे छ। यो सम्भावित रूपमा ग्यालेक्सी एस २४ शृङ्खलाका नवीनतम सामसङ फोनहरूमा डेब्यु हुने अपेक्षा गरिएको छ।
यसले थर्ड-पार्टी एपहरूको आवश्यकतालाई हटाउँदै नेटिभ फोन एपमा पर्सनल ट्रान्सलेटरलाई सहज रूपमा इन्टिग्रेट गर्ने बताइएकाे छ। यसले कुराकानीको क्रममा रियल-टाइम अडियो र टेक्सट ट्रान्स्लेसनहरू प्रदान गर्ने उल्लेख छ। अन्य भाषाका स्पिकरहरूसँग टिभी शोको लागि क्लोज्डक्याप्शन इनेबल पार्ने जत्तिकै सहज सञ्चार बनाउँने बताइएकाे छ। कुराकानीको गोपनीयता सुरक्षित गर्न, ग्यालेक्सी एआईले पूर्ण रूपमा अन – डिभाइस सञ्चालन गर्नेछ।
सामसङले ग्यालेक्सी एस २४ श्रृंखलामा पहिलो पटक उपलब्ध हुन सक्ने सुझाव दिँदै ग्यालेक्सी एआई २०२४ को शुरुमा लन्च हुने पुष्टि गरेको छ। हालैको रिपोर्टले कम्पनीले जनवरी १७ मा स्न्यापड्रयागन ८ जेन ३ / एक्सीनोस २४००-संचालित एस २४ लाइनअप अनावरण गर्न सक्ने संकेत गर्छ।
आर एन्ड डीका कार्यकारी उपाध्यक्ष तथा मोबाइल अनुभव व्यवसाय प्रमुख वोन्जुन चोईले ग्यालेक्सी एआईको परिवर्तनीय सम्भावनालाई जोड दिए। “मोबाइल टेक्नोलोजीमा मानिसहरूलाई जोड्ने, उत्पादकत्व बढाउने र विश्वव्यापी स्तरमा सिर्जनात्मकता ल्याउने शक्ति छ, र ग्यालेक्सी एआईले यस दिशामा एक व्यापक कदमको प्रतिनिधित्व गर्दछ।”उनले भने।
एआई-संचालित स्मार्टफोनहरूको खोजीमा सामसङ एक्लै भने छैन। अन्य अग्रणी स्मार्टफोन ब्रान्डहरूले पनि आफ्नै एआई मोडलहरू विकास गरिरहेका छन्।निर्माताहरूले प्रयोगकर्ता अनुभव र क्षमताहरू बढाउन प्रयास गरिरहेका छन्।यसले २०२४ मा स्मार्टफोनहरूमा एआई एकीकरण बढ्दो रूपमा प्रचलित हुने यस्तो देखिन्छ।
प्रकाशित: २६ कार्तिक २०८०, आईतवार