
काठमाडौं ।
धन्तेरसमा नेटा भी विद्युतीय कार खरिदमा विशेष छुट योजना सार्वजनिक भएको छ। नेटा भीको नेपालका लागि आधिकारिक विक्रेता सीजी मोटर्सले विशेष अफर ल्याएको हो।
कम्पनी ल्याएको अफर अन्तर्गत अब नेटा भी डाउन पेमेन्टमा लिन चाहने ग्राहकहरुले ३८.९९ लाखको २० प्रतिशतले हुन आउने ७ लाख ८० हजार रुपैयाँ डाउन पेमेन्ट गर्नु पर्नेमा कम्पनीले डाउन पेमेन्टको रकम मध्ये ५ लाख बराबर रुपैयाँ क्यास ब्याकअफर दिएकाले २ लाख ८० हजार मात्रै
डाउन पेमेन्ट गर्दा पुग्ने भएको बताईएको छ।
यो योजना सिमित अवधिको लागि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ।
नेटा भी क्रसओभर सेग्मेन्टमा बोल्ड लुक्समा पियोर ईभी प्लेटफर्ममा उत्पादित ईभी हो। जसमा कम्पनीले ३८.५ किलोवाट पावर क्षमताको ब्याट्रीको साथमा ७० किलोवाट क्षमताको मोटर प्रदान गरेको छ। जसले १६० एनएमको टर्क उत्सर्जन गर्ने क्षमता राख्दछ।
करिब २० मिनेटको समयमा नै ३० देखि ८० प्रतिशत फास्ट चार्ज हुने गाडीले
फूल चार्जमा ३८० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ।
विश्वकै ठुलो ब्याट्री उत्पादक कम्पनी ‘सिएटीएल’ले उत्पादन गरेको लिथियम आयोन ब्याट्री प्रयोग भएको नेटा भीको ब्याट्रीसहित मोटरमा कम्पनीले १५०,००० किलोमिटर वा ८ वर्षको वारेन्टी प्रदान गरेको छ।
प्रकाशित: २४ कार्तिक २०८०, शुक्रबार