युट्युबको ठूलो क्र्याकडाउन पश्चात हजारौंद्वारा ‘एड ब्लकर्स’ अनइन्स्टल

  • Technology Khabar | २४ कार्तिक २०८०, शुक्रबार

काठमाडौं ।

युट्युबको नीति परिवर्तनले आफूहरुलाई पीडा दिएको एड ब्लकिङ्ग कम्पनीहरूले गुनासो गरेका छन्।

एड ब्लकर्स माथि युट्युबको क्र्याकडाउनले युट्युब भन्दा बाहिर प्रभाव पारिरहेको उल्लेख छ। मल्टिपल एड ब्लकिङ्ग एप्सले दावी गरेअनुसार युट्युबले विज्ञापन ब्लकरहरू सक्षम भएका भिडियोहरू हेर्न प्रयास गर्ने मानिसहरूलाई चेतावनीहरू देखाउन थालेदेखि हजारौं मानिसहरूले आफ्ना उत्पादनहरू अनइन्स्टल गरेका छन्।

युट्युबले परिवर्तन लागू गर्नु अघि प्रति दिन ६,००० अनइन्स्टलेसन्सको तुलनामा अक्टोबर ९ देखि हरेक दिन ११,००० भन्दा बढी मानिसहरूले यसको क्रोम एक्सटेन्सन अनइन्स्टल गरेको एडगार्ड कम्पनीले बताएको छ।

वायर्डको रिपोर्टअनुसार अक्टोबर १८ मा, ५२,००० मानिसहरूले एडगार्डको अनइन्स्टल्ड गरेको कम्पनीका सीटीओ एन्ड्रे मेस्कोभले बताएका हुन। यद्यपि, एडगार्डको सशुल्क संस्करणको इन्स्टलेसन्स बढेको र युट्युबको क्र्याकडाउनले असर नगरेको उल्लेख गरिएको छ।

अर्को एड ब्लकिङ्ग कम्पनी घोस्टरीले इन्स्टल्स र अनइन्स्टल्सको दैनिक संख्यामा तीन देखि पाँच गुणा अनुभव गरेको हुनाले आफ्नो प्रयोग अक्टोबरमा फ्ल्याट रहेको बताएको छ। उत्पादनलाई किन अनइन्स्टल गरे भन्ने बारे सर्वेक्षण पूरा गरेका आफ्ना ९० प्रतिशत भन्दा बढी प्रयोगकर्ताहरूले बताएअनुसार टूलले युट्युबमा काम नगर्ने भएकाले उनीहरूले त्यसो गरेको भनी बताएको कम्पनीले उल्लेख गरेको छ।

युट्युबको क्र्याकडाउनले ल्यापटप र डेस्कटपहरूमा क्रोममार्फत यसको वेबसाइट पहुँच गर्ने मानिसहरूलाई मात्र प्रभाव पारेको देखिन्छ भने केही प्रयोगकर्ताहरूले अन्य ब्राउजरहरू पनि समाधानको रूपमा प्रयोग गर्ने प्रयास गरेको उल्लेख छ। माइक्रोसफ्टको एज ब्राउजरको इन्स्टलेसन्स सेप्टेम्बरको तुलनामा अक्टोबरमा ३० प्रतिशतले बढेको घोस्टरीले बताएको छ।

युट्युब विज्ञापनहरूले गुगलको समग्र राजस्वमा बढि योगदान दिइरहेका छन्। कम्पनीले यस वर्षको सुरुदेखि सेप्टेम्बरसम्म प्लेटफर्ममा २२ बिलियन डलरभन्दा बढी विज्ञापन बेचेको छ।

तर स्ट्रिमिङ प्लेटफर्मले धेरै मानिसहरूलाई युट्युब प्रिमियमको लागि भुक्तान गर्न बल गर्ने प्रयास गरिरहेको छ भने यसमा विज्ञापनहरूबाट छुटकारा पाइनुका साथै मानिसहरूलाई भिडियोहरू डाउनलोड गर्न, उच्च गुणस्तरमा भिडियोहरू स्ट्रिम गर्न र युट्युब म्युजिक पहुँच गर्न दिन्छ।

यस वर्षको सुरुवातमा कम्पनीले युट्युब प्रिमियमको मूल्य प्रति महिना २ अमेरिकी डलर देखि १४ अमेरिकी डलर सम्म बढाएको छ।

प्रकाशित: २४ कार्तिक २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार