चीनले अन्तरिक्षमा सफलतापूर्वक उब्जायो साग र टमाटर

  • Technology Khabar | २२ कार्तिक २०८०, बुधबार
चीनले अन्तरिक्षमा सफलतापूर्वक उब्जायो साग र टमाटर

काठमाडौं ।

चीनले आफ्नो तियाङगोङ अन्तरिक्ष स्टेशनमा सफलता पूर्वक साग ( लेट्यूस) र टमाटर  उब्जाएको छ।

चीनको शेन्झाउ १६ अन्तरिक्ष यात्रीहरूले भविष्यको गहिरो अन्तरिक्ष अन्वेषणको योजनाको भागको रूपमा तियाङगोङ अन्तरिक्ष स्टेशनमा तरकारी खेती गरिरहेका छन्।

मिसन कमाण्डर जिङ हाइपेङ र झू याङ्झु र गुइ हाइचाओ मेको अन्त्यदेखि तियाङगोङ जहाजमा छन्। भर्खर पुगेका शेन्झाउ १७ मिसन टोलीलाई स्टेशनको नियन्त्रण सुम्पिएपछि अक्टोबर ३१ मा उनीहरु पृथ्वीमा फर्किने योजना छ।

जिङ र उनको टिमले विशेष उपकरणको दुई सेट प्रयोग गरेर तरकारी खेती गरिरहेको छ।

प्हिलो पटक जूनमा सुरु गरिएको परियोजनबाट सागको चार व्याज उत्पादन गरिसकिएको छ। दोस्रो अभियान अगस्टमा चेरी टमाटर र हरियो प्याउ उब्जाउनका लागि सञ्चालनमा ल्याइएको थियो।

चाइना एस्ट्रोनट रिसर्च एण्ड ट्रेनिङ सेन्टरले पृथ्वीमा यस्तै प्रकारको ल्याप स्थापना गरेको छ। यसबाट अन्वेषकहरूलाई नतिजाहरू तुलना गर्न र अन्तरिक्ष र जमिनमा बिरुवाहरू कसरी बढ्छन् भन्ने भिन्नताहरू अझ सही रूपमा विश्लेषण गर्न अनुमति दिन्छ। यो गहिरो अन्तरिक्ष अन्वेषणलाई सहयोग गर्ने दीर्घकालीन योजनाको हिस्सा भएको अनुसन्धानकर्ताहरू भन्छन्।

‘यो तरकारी खेती उपकरण सम्पूर्ण वातावरणीय नियन्त्रण र जीवन समर्थन प्रणाली (ईसीएलएसएस)को एक प्रमुख भाग हो, र यो सान्दर्भिक प्रविधिहरू प्रमाणित गर्न अन्तरिक्षमा प्रयोग गरिन्छ। भविष्यमा, हामी द्रुत र ठूलो मात्रामा खेतीमा ध्यान केन्द्रित गर्नेछौं,’ चाइना एस्ट्रोनट रिसर्च एण्ड ट्रेनिङ सेन्टरका अनुसन्धानकर्ता याङ रेन्जेले सीसीटीभीलाई बताए।

‘यस प्रणालीलाई गहिरो अन्तरिक्ष अन्वेषणको क्षेत्रमा लागू गर्न सकिन्छ, हाम्रो चालक दल चन्द्रमा र मंगल ग्रहमा अवतरण अभियानमा सहभागि छन्’ यांगले भने।

‘ईसीएलएसएसको एक प्रमुख भागको रूपमा, खेती उपकरणबाट हुर्किएका बिरुवाहरूले प्रकाश संश्लेषण (फोटोसेनथेसिस) को साथ अक्सिजन उत्पन्न गर्न हावामा कार्बन डाइअक्साइड अवशोषित (अब्जर्ब) गर्न सक्छन्, र त्यसपछि पुनः उत्पन्न गर्न र वाष्पस्रावद्वारा पानी शुद्ध गर्न सक्छन्।’

प्रकाशित: २२ कार्तिक २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...