Technology Khabar २१ कार्तिक २०८०, मंगलवार
काठमाडौं ।
चीनले ह्यूमनोइड (मानव जस्तै देखिने) रोबोटहरू ठूलो मात्रामा उत्पादन गर्ने महत्वाकांक्षी योजनाहरू प्रस्तुत गरेको छ। यो स्मार्टफोनहरू जस्तै व्यापक हुने विश्वास गरिएको छ।
गत हप्ता प्रकाशित एक महत्वाकांक्षी ब्लूप्रिन्ट डकुमेन्टमा चीनको उद्योग र सूचना प्रविधि मन्त्रालयले रोबोटले ‘संसारलाई नयाँ आकार दिने’ बताएको छ।
मन्त्रालयले २०२५ सम्म ह्यूमनोइडको उत्पादन एडभान्स लेभलमा पुग्ने र ठूलो मात्रामा उत्पादन हुने विश्वास राखेको छ। साथै, मन्त्रालयले आफ्नो रोडम्यापमा लक्ष्यहरु सूचीबद्ध गरेको छ।
‘तिनीहरू कम्प्युटर, स्मार्टफोन र नयाँ ऊर्जा वाहनहरू पछि व्यापक उत्पादनहरू बन्ने अपेक्षा गरिएको छ,’ डकुमेन्टको अनुवादमा भनिएको छ।
ब्लूमबर्गका अनुसार डकुमेन्टमा विस्तृत विवरण कम छ तर यो ठूलो महत्वाकांक्षी छ। यद्यपि केही चिनियाँ कम्पनीले देशको रोबोटिक लक्ष्य प्राप्त गर्न सहयोग गरिरहेका छन्।
उद्दारणका लागि चिनियाँ स्टार्टअप फोरियर इन्टेलिजेन्सले यो वर्षको अन्त्यसम्म जीआर–१ ह्युमोनाइड रोबटको ठूलो उत्पादन सुरु गर्ने बताएको साउथ चाइना मर्निङ पोस्टले रिपोर्ट गरेको थियो। सांघाईमा रहेको कम्पनीले सन् २०२४ मा पाँच किलोमिटर प्रति घण्टाको गतिमा चल्न सक्ने र ५० किलोग्राम बोक्न सक्ने हजारौं रोबोटहरू उपलब्ध गराउने आकांक्षा प्रकाशनलाई बताएको थियो।
यो एक मात्र ह्यूमनोइड रोबोट–निर्माता होइन जसले ठूलो उत्पादनको लक्ष्यको साथ आफ्नो प्रयासहरू बढाउँदैछ। युएस–आधारित एजिलिटी रोबोटिक्सले यस वर्षको अन्त्यमा ओरेगनमा रोबोट कारखाना खोल्दै छ, जहाँ यसले सयौं वाईपेडल रोबोटहरू निर्माण गर्ने योजना बनाएको छ जसले हिंड्ने, घुम्ने, र प्याकेजहरू बोक्ने जस्ता मानव चालहरूको नक्कल गर्न सक्छ।
अमेजनले सिएटल नजिकैको अनुसन्धान र विकास केन्द्रमा एजिलिटी रोबोटिक्स डिजिट रोबोटको परीक्षण गरिरहेको छ कि यसलाई कसरी यसको गोदामहरू स्वचालित गर्न प्रयोग गर्न सकिन्छ। तर यो केवल पायलट चरणमा छ।
एजिलिटी रोबोटिक्सका सीईओ डेमियन शेल्टनले इनसाइडरलाई भने, ‘नजीकको अवधिमा, हामी डिजिट डिप्लोयमेन्टको ढिलो र स्थिर वृद्धिको आशा गर्छौ।’ उनले थपे, ‘हामी विश्वास गर्छौं कि सामूहिक एकीकरण अन्ततः हुनेछ, तर वाईपेडल रोबोट अझै पनि अपेक्षाकृत नयाँ प्रगति हो।’
टेस्लाले पनि ओप्टिमस वा टेस्ला बट नामको आफ्नो ह्यूमनोइड रोबोट विकास गरिरहेको छ। इलन मस्कले २०२१ मा यसको खुलासा गरेका थिए।
प्रकाशित: २१ कार्तिक २०८०, मंगलवार