Technology Khabar २१ कार्तिक २०८०, मंगलवार
काठमाडौं ।
लुसिड मोटर्सले टेस्लाको चार्जिङ स्ट्यान्डर्ड अपनाउने भएको छ। आफ्ना लक्जरी इभीएसका मालिकहरूलाई लुसिडले टेस्लाको सुपरचार्जरहरूको नेटवर्कमा पहुँच दिने एउटा सम्झौतामा पुगेको बताइएको हो।
विद्युतीय सवारीसाधन (इभी) को बजार विस्तार हुँदै जाँदा लुसिडले टेस्लाले सुरुमा विकास गरेको नर्थ अमेरिकन चार्जिङ स्ट्यान्डर्ड (एनएसीएस) लाई अंगालेर महत्त्वपूर्ण कदम चालेको बताइएको छ। लुसिडले फोर्ड, जीएमका साथसाथै उत्तर अमेरिकामा हालैका महिनाहरूमा इभीएस बेच्ने अधिकांश अटोमेकरहरूलाइ पछ्याएको उल्लेख छ।
फोर्डले मे २०२३ मा यसको इभी मालिकहरूले छिट्टै एडप्टरमार्फत लगभग १२ हजार टेस्ला चार्जरहरूमा पहुँच पाउने घोषणा गरेको थियो। फोर्डले यसको अर्को पुस्ताको इभीएस टेस्लाको चार्ज पोर्टमा नर्थ अमेरिकन चार्जिङ स्ट्यान्डर्ड (एनएसीएस) २०२५ मा सुरु हुने पनि थपेको छ।
जीएम, रिभीयन, हाेण्डा, मर्सडिस, हुण्डाइ, किया, टाेयोटा र सुबारुले हालसालै टेस्लाको चार्जिङ मानक अपनाउने आफ्नै घोषणाहरू गरेका छन्।
लुसिड बाँकी कम्पनीहरू मध्ये अन्तिम एक थियो। अघिल्ला घोषणाहरू जस्तै, लुसिडले यसको इभीएसका मालिकहरूलाई प्रदान गरेर सुरु गर्ने बताइएकाे छ। याे कम्बाइन्ड चार्जिङ सिस्टम (सीसीएस) सँग निर्मित रहेकाे जसले यसलाई सुपरचार्जर भनेर चिनिने हजारौं टेस्ला चार्जरहरूमा पहुँच दिने उल्लेख छ। लुसिडले टेस्लाको एनएसीएस चार्जिङ पोर्टलाई २०२५ मा सुरु हुने इभइएसमा समावेश गर्नेछ।
“एनएसीएस अपनाउनु भनेको हाम्रा ग्राहकहरूलाई उनीहरूको लुसिड भेहीकलहरूको लागि भरपर्दो र सुविधाजनक चार्जिङ समाधानहरूमा विस्तारित पहुँच प्रदान गर्ने अर्को महत्त्वपूर्ण कदम हो। हामी विश्वास गर्छौं कि एक एकीकृत चार्जिङ मानक, भविष्यमा तयार हुने हाइ-भोल्टेज चार्जिङ स्टेशनहरूको राष्ट्रव्यापी रोलआउटद्वारा समर्थित, अमेरिकी उपभोक्तालाई विद्युतीय सवारी साधनहरू अपनाउन सशक्त बनाउन महत्वपूर्ण कदम हुनेछ,” लुसिडका सीईओ र सीटीओ पीटर रावलिन्सनले भने।
लुसिडको लक्जरी एयर सेडानहरूमा ९००-भोल्टको इलेक्ट्रिक आर्किटेक्चर रहेकाे, जसमा हमइ थर्मल दक्षता रहेकाे तथा यसले राम्रो दायरा र धेरै छिटो चार्ज गर्न सक्ने उल्लेख छ।
अडी इ-ट्रन जीटी, पाेर्से टेकन,किया इभी ६ र हुण्डाइ आइओनीक ५ को अपवाद बाहेक अधिकांश विद्युतीय सवारी साधनहरूमा ४०० भोल्ट आर्कीटेक्चर छ। ८०० भोल्ट चार्जीङ सिस्टम भएका इभीलाई छिटो चार्ज गर्नका लागि, त्यसलाई आर्किटेक्चरको फाइदा लिन सक्ने उचित चार्जिङ डिभाइस चाहिने बताइएकाे छ।
धेरैजसो सार्वजनिक चार्जरहरूमा ४०० भोल्ट सिस्टमहरू रहेका तथा आजका टेस्ला सुपरचार्जरहरू लगभग ५०० भोल्टमा मूल्याङ्कन गरिएका छन्। उपभोक्ता रिपोर्टहरूले लुसिड र ८०० भोल्ट चार्जिङ सिस्टम भएका अन्य कुनै पनि इभीले उनीहरूका लागि डिजाइन गरिएका चार्जरहरू जति छिटो चार्ज गर्न नसक्ने बताइएकाे छ।
लुसिडका प्रवक्ता एन्ड्रयु हसीले टेस्लाको हालको चार्जिङ सिस्टमले लुसिड ग्राहकहरूलाई थप चार्जिङ विकल्पहरूको सुविधामा मद्दत गर्ने तर भविष्यमा टेस्लाले धेरै उच्च भोल्टेज चार्जिङ प्रस्ताव गर्न थाल्ने बताएका छन्।
प्रकाशित: २१ कार्तिक २०८०, मंगलवार