दुई इन्टरनेट सेवा प्रदायकहरुको अनुमति पत्र खारेज

  • Technology Khabar | २१ कार्तिक २०८०, मंगलवार
दुई इन्टरनेट सेवा प्रदायकहरुको अनुमति पत्र खारेज

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले दुई इन्टरनेट सेवा प्रदायकहरुको अनुमति पत्र खारेज गरेको छ।

प्राधिकरणले इ-मेलसहितको इन्टरनेट सेवाका लागि अनुमति प्राप्त दुई सेवा प्रदायक गल्कोट लिंक प्रालि, बागलुङ र सुर्खेत केबल नेट टिभी प्रालि, वीरेन्द्रनगरको अनुमति पत्र खारेज गरेको हो।

दुबै कम्पनीले नवीकरणका लागि समयावधि भित्र नियमानुनसार निवेदन पेश नगरेकाले स्वतः अनुमति पत्र खारेज गरेको प्राधिकरणले आज सार्वजनिक सूचनामार्फत जानकारी दिएको छ।

यसका साथै ती कम्पनीहरुले सरकारलाई नियमानुसार तिर्न/बुझाउनु पर्ने बाँकी बक्यौता रकमका सम्बन्धमा आजदेखि ३० दिनभित्र प्राधिकरणको कार्यालयमा सम्पर्क राख्न पनि भनिएको छ।

अन्यथा प्रचलित कानुन अनुसार कार्यवाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखाले जनाएको छ।

प्रकाशित: २१ कार्तिक २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

U.S. FAA authorizes SpaceX Falcon 9 rocket return to flight

  • २१ कार्तिक २०८०, मंगलवार

China launches BeiDou-based satellite short messaging service for emergency needs

  • २१ कार्तिक २०८०, मंगलवार

EU tells TikTok to change ‘addictive’ design

  • २१ कार्तिक २०८०, मंगलवार