एप्पल सिलिकन सहितको २७ इन्च आईम्याक अस्तित्वमा नरहेको एप्पलद्वारा पुष्टि

  • Technology Khabar | २१ कार्तिक २०८०, मंगलवार
एप्पल सिलिकन सहितको २७ इन्च आईम्याक अस्तित्वमा नरहेको एप्पलद्वारा पुष्टि

काठमाडौं ।

एप्पलले गत हप्ता एम३ चिपको सहितको रिभ्याम्प्ड (परिमार्जन गरिएको) २४–इन्च आईम्याक अनावरण गरेको थियो।

त्यसैगरी कम्पनीले आफ्नो नवीनतम सिलिकनको साथ २७–इन्च संस्करण पनि जारी गर्ने अफवाहहरू केही समयदेखि घुमिरहेको जीएसएमएरिनामा उल्लेख गरिएको छ।

सोमबार कम्पनीले उक्त अफवाहको बारेमा फरक तवरले बयान जारी गर्ने निर्णय गर्दै त्यसलाई स्पष्ट रूपमा अस्वीकार गरेको उल्लेख गरिएको छ। एप्पलका पीआर प्रतिनिधि स्टारलेन मेजाले त्यहाँ कुनै एम–सिरीज चिपको साथ २७–इन्च आईम्याक नभएको बताएको उल्लेख छ।

२४–इन्च आईम्याकको स्क्रिन धेरै सानो हो भनेर सोच्नेहरूका लागि एप्पलले २७–इन्च स्टुडियो डिस्प्लेलाई म्याक स्टुडियो वा म्याक मिनीसँग पेयरिङ्ग गर्न सिफारिस गरेतापनि आईम्याकको अल–इन–वन इन्टिग्रेसन गुम्ने छ।

त्यसैगरी २४–इन्च आईम्याकको पनि आफ्नो सीमितताहरू रहेको जनाइएको छ। यसमा बेस भर्सन (आधार संस्करण) को चिपसेट र पोर्टहरूमा अधिकतम चार यूएसबी–सी सहितको पोर्टहरू प्रयोग गरिएको हुनाले विशेष गरी चिपसेट वरिपरि र पोर्टहरूमा सीमितताहरू रहेको उल्लेख गरिएको छ।

प्रकाशित: २१ कार्तिक २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

U.S. FAA authorizes SpaceX Falcon 9 rocket return to flight

  • २१ कार्तिक २०८०, मंगलवार

China launches BeiDou-based satellite short messaging service for emergency needs

  • २१ कार्तिक २०८०, मंगलवार

EU tells TikTok to change ‘addictive’ design

  • २१ कार्तिक २०८०, मंगलवार