सीजीले नथिङ ब्राण्डका फोनहरु नेपाली बजारमा ल्याउँदै

  • Technology Khabar | २१ कार्तिक २०८०, मंगलवार
सीजीले नथिङ ब्राण्डका फोनहरु नेपाली बजारमा ल्याउँदै

काठमाडौं ।

चौधरी ग्रुपले नेपालमा नथिङ ब्राण्डका स्मार्टफोन र ईयरफोन नेपाली बजारमा ल्याउने भएको छ।

यसका लागि नथिङ टेक्नोलोजी लिमिटेड र सीजीबीच सम्झौता भएको हो।

सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले छिट्टै नथिङका उत्पादन नेपाल आउने जानकारी दिएका छन्। उनले यसको लागि नथिङसँग सहकार्य गरेको जानकारी दिएका छन्।

बेलायतमा मुख्यालय रहेको विद्युतीय सामग्री उत्पादक कम्पनी नथिङ सन् २०२० मा स्थापना भएको थियो।

चिनियाँ स्मार्टफोन ब्राण्ड वनप्लस छोडेर कार्ल पेईले नथिङ ब्राण्ड सुरू गरेका हुन्। उनले सुपथ मूल्यमा गुणस्तरीय र डिजाइनयुक्त एन्ड्रोइड फोन उपलब्ध गराउने बताउँदै आएका छन्।

हाल नेपालमा नथिङका फोनहरु उपलब्ध रहेका छन् जसलाई टेकस्टूडियोले बेच्दै आएको छ।

पछिल्लो समय आफ्नै सीजी ब्राण्डमा फोन लन्च गरेको चौधरी ग्रुपले त्यसपछि फोन बजारमा असफलता हात पारेपछि मोबाइल फोन व्यवसायबाट टाढिएको थियो। त्यसअघि सीजीले नेपाली बजारमा लाभा एलजीलगायतका फोनहरु बेच्दै आएको थियो।

प्रकाशित: २१ कार्तिक २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

U.S. FAA authorizes SpaceX Falcon 9 rocket return to flight

  • २१ कार्तिक २०८०, मंगलवार

China launches BeiDou-based satellite short messaging service for emergency needs

  • २१ कार्तिक २०८०, मंगलवार

EU tells TikTok to change ‘addictive’ design

  • २१ कार्तिक २०८०, मंगलवार