ग्लोबल ट्याब्लेट बजार २०२३ को तेस्रो त्रैमासमा गिरावट, एप्पलको नेतृत्व कायमै

  • Technology Khabar | २१ कार्तिक २०८०, मंगलवार
ग्लोबल ट्याब्लेट बजार २०२३ को तेस्रो त्रैमासमा गिरावट, एप्पलको नेतृत्व कायमै

काठमाडौं ।

विश्वव्यापी ट्याब्लेट बजार घटेको छ। गत वर्षको सोही अवधिको तुलनामा यस वर्षको तेस्रो त्रैमासिकमा विश्वव्यापी ट्याब्लेट बजार घटेको हो।विश्वव्यापी ट्याब्लेट बजारको जुलाईदेखि सेप्टेम्बरको अवधिमा यो गिरावट आएको उल्लेख गरिएको छ।

इन्टरनेशनल डाटा कर्पोरेशन (आईडीसी) का अनुसार, उत्पादकहरूले ३३.२ मिलियन युनिट ढुवानी गरेको र यो वार्षिक आधारमा १४.२ प्रतिशतको गिरावट भएको उल्लेख गरिएको छ।

यद्यपि, ट्याब्लेट बजार अघिल्लो त्रैमासिक अर्थात् दोस्रो त्रैमासिकको ढुवानीमा २९.९ प्रतिशतको गिरावटमा सुधार आएको जनाइएको छ। साथै क्रोमबुक्सले तेस्रो त्रैमास, २०२३ मा पनि आफ्नो नकारात्मक वृद्धि जारी राखेको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

ट्याब्लेट बजार सन् २०२३ को तेस्रो त्रैमासमा गिरावट

एप्पलले विश्वव्यापी रूपमा ट्याब्लेट बजारको नेतृत्व गर्न जारी राखेको छ। कम्पनीले १२.५ मिलियन युनिटहरू ढुवानी गरेको र तेस्रो त्रैमासमा ३७.५ प्रतिशत बजार हिस्सा कब्जा गरेको छ। त्यसैगरी ६० लाख शिपमेन्ट (ढुवानी) र १८ प्रतिशत सेयरका साथ दक्षिण कोरियाको सामसङ दोस्रो स्थानमा रहेको छ।

लेनोभो र ह्वावेले ट्याब्लेट बजारमा क्रमशः ७.९ र ६.८ प्रतिशत हिस्सा लिएर तेस्रो र चौथो स्थानमा रहेका छन्। साथै अमेजनले २.२ मिलियन युनिटहरू बिक्री गरेको र ६.५ प्रतिशत बजार हिस्साको साथ पाँचौं स्थानमा आएको जनाइएको छ। यद्यपि, सबै ब्रान्डहरूले नकारात्मक वार्षिक वृद्धि दर्ता गरेको उल्लेख छ।

ट्याब्लेटहरूले पीसी र स्मार्टफोनहरूसँग राम्रोसँग काम गर्छन् भनेर ब्रान्डहरूले महसुस गरेको भएकाले भविष्यका उपकरणहरूमा थप इन्टिग्रेटेड सफ्टवेयर र सर्भिसेस (सेवाहरू) प्रदान गर्न सक्छन् भनेर प्रतिवेदनमा उल्लेख गरिएको छ।

छोटो अवधिमा ट्याब्लेट बजारको उल्लेखनीय बृद्धि हुने अपेक्षा नगरिएतापनि शिक्षा क्षेत्रका साथै अनय विभिन्न क्षेत्रहरूको केसहरूमा भएको प्रयोगको बृद्धिका कारण बजार लामो समयसम्म चल्न सक्ने उल्लेख छ।

क्रोमबुक्सको सन्दर्भमा, यस वर्षको तेस्रो त्रैमासिकमा २०.८ प्रतिशतको गिरावट आएको छ। यद्यपि, शिक्षा क्षेत्रले भविष्यमा बजार उठाउने अपेक्षा गरिएको छ। एसरले २८ प्रतिशत सेयरको साथ क्रोमबुक बजारको नेतृत्व गरेको छ  भने एचपी र डेल १९ प्रतिशतको बजार हिस्साका साथ दोस्रो स्थानमा रहेका थिए।

त्यसैगरी लेनोभो १८ प्रतिशत सेयरका साथ चौथो र असुस ६.४ प्रतिशत सेयरका साथ पाँचौं स्थानमा रहेको थप उल्लेख गरिएको छ।

प्रकाशित: २१ कार्तिक २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

U.S. FAA authorizes SpaceX Falcon 9 rocket return to flight

  • २१ कार्तिक २०८०, मंगलवार

China launches BeiDou-based satellite short messaging service for emergency needs

  • २१ कार्तिक २०८०, मंगलवार

EU tells TikTok to change ‘addictive’ design

  • २१ कार्तिक २०८०, मंगलवार