भिभाे एक्स १००, एक्स १०० प्राे र भिभाे वाच ३ नोभेम्बर १३ मा अनावरण गरिँदै

  • Technology Khabar | २१ कार्तिक २०८०, मंगलवार
भिभाे एक्स १००, एक्स १०० प्राे र भिभाे वाच ३ नोभेम्बर १३ मा अनावरण गरिँदै

काठमाडौं ।

भिभाेले चीनमा भिभाे एक्स १००, एक्स १०० प्राे ,र भिभाे वाच ३  उपकरणहरू अनावरण गर्दैछ। ब्रान्डले यी उपकरणहरु नोभेम्बर १३ मा लन्च गर्ने बताइएकाे हाे।

कम्पनीले यसको डिजाइन र रंग विकल्पहरू प्रकट गर्न एक्स १०० प्रोको आधिकारिक रेन्डरहरू रोल आउट गरेकाे छ। त्यस्तै, एक चिनियाँ लीकरले एक्स १०० को पूर्ण विशेषताहरू लीक गरेका छन्।

लिकअनुसार भिभाे एक्स १०० प्राे स्टार ट्रेल ब्लू, सनसेट ओरेन्ज, ह्वाइट मुनलाइट र चेन्ये ब्ल्याक जस्ता चार ओटा शेडमा उपलब्ध हुनेछ।

डिभाइसको ओरेन्ज एडिसन एक लेदर ब्याकसँग सुसज्जित देखिन्छ। एक्स १०० प्राेको समग्र डिजाइन एक्स १०० सँग मिल्दोजुल्दो देखिने बताइएकाे छ।

रिपोर्टहरूअनुसार, भिभाे एक्स १०० प्राे ६.७८-इन्च एमाेलेड डिस्प्लेको साथ आउने उल्लेख छ। यसले १.५ के रिजोल्युसन, एक हर्ज रिफ्रेस दर, र इन-स्क्रिन फिंगरप्रिन्ट सेन्सर प्रदान गर्नेपनि बताइएकाे छ।

हुडअन्तर्गत, एक्स १०० प्राेमा डाइमेन्सिटी ९३०० चिपसेट, १६ जीबी एलपीडीडीआर ५ टी र्याम, र १ टिबी यूएफएस ४.० भण्डारण सुविधा हुनेछ।

एक्स १०० प्राेमा १२० वाट वायर्ड चार्जिङको साथ ५,४०० एमएएच ब्याट्री हुने अपेक्षा गरिएको छ। यसले ५० वाट वायरलेस चार्जिङलाई सपोर्ट गर्ने उल्लेख छ। यो डिभाइस ओरीजीन ओएस ४ आधारित एन्ड्रोइड १४ सँग प्रिलोडेड हुने बताइएकाे छ।

एक्स १०० को रियर क्यामरा सेटअपमा ओआइएस समर्थन सहितको ५०-मेगापिक्सेल साेनी  आईएमएक्स  ९८९ प्राथमिक क्यामरा, ५०-मेगापिक्सेल अल्ट्रा-वाइड लेन्स, ६४-मेगापिक्सेल ओम्नी भिजन ओभी ६४ बी पेरिस्कोप टेलिफोटो क्यामरा, र भिभाे भी ३ आइएसपी फिचर हुनेछ। सेल्फीका लागि यसमा ३२ मेगापिक्सेलको फ्रन्ट फेसिङ क्यामरा हुने उल्लेख छ।

भिभाे एक्स १०० को आधार भेरियन्ट, जुन १२ जीबी र्याम र २५६ जीबी भण्डारण प्रदान गर्ने अपेक्षा गरिएको छ। यसकाे मूल्य ३ हजार ९ सय ९९ युआन हुने बताइएकाे छ। एक्स १०० प्राेको आधार मोडलको प्रारम्भिक मूल्य ४हजार ९९९ युआन हुन सक्ने गज्माेचाइनामा उल्लेख छ।

प्रकाशित: २१ कार्तिक २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

U.S. FAA authorizes SpaceX Falcon 9 rocket return to flight

  • २१ कार्तिक २०८०, मंगलवार

China launches BeiDou-based satellite short messaging service for emergency needs

  • २१ कार्तिक २०८०, मंगलवार

EU tells TikTok to change ‘addictive’ design

  • २१ कार्तिक २०८०, मंगलवार