काठमाडौं ।
फ्ल्यागशिप फोनहरू बाहेक ह्वावे, ओप्पो, भिभो, र आईक्यूओओले आफ्ना सब–फ्ल्यागशिप फोनहरू जस्तै नोभा १२ लाइनअप, रेनो ११ सिरिज, भिभो एस १८ लाइनअप र आईक्यूओओ नियो ९ सिरिजहरू लन्च गर्न तयारी गरिरहेका छन्। त्यसैगरी अनरले पनि अनर १०० लाइनअपमा काम गरिरहेको बताइएको छ।
साथै अनर १०० सिरिज यस महिना (नोभेम्बर) चीनमा लन्च हुन सक्ने नयाँ दाबी रहेको छ।
अनरले हालै चीनमा प्ले ८टी एन्ट्री–लेभल स्मार्टफोन लन्च गरेको छ भने कम्पनीले अनर एक्स ५० आई प्लस+ मिड–रेन्जर यस हप्ताको अन्त्यमा घोषणा गर्नेछ।
रिपोर्टहरूका अनुसार ब्रान्डले यस वर्षको लागि भनेरै अनर १०० सिरिज र अनर एक्स५० जीटीमा पनि काम गरिरहेको छ।
नयाँ लीक अनुसार अनर १०० सिरिजमा स्मार्ट आईल्याण्ड डिजाइनका साथ डुअल फ्रन्ट क्यामराहरू र सर्कुलर रियर क्यामरा मोड्युल फिचर गरिएको र यस महिनाको अन्तमा घोषणा गरिने जनाइएको छ। साथै यस सिरिजमा स्न्यापड्रागन ८ जेन २ मोबाइल प्लेटफर्म समावेश गरिनेछ भने यसको स्क्रिनले १.५के रिजोल्युसन र आँखा सुरक्षाको लागि हाई–फ्रिक्वेन्सी डिमिङलाई समर्थन गर्ने उल्लेख छ।
अनर १०० लाइनअपमा अनर १००, अनर १०० प्रो र अनर १०० जीटी गरी तीन नयाँ मोडलहरू समावेश रहने रिपोर्टहरूले खुलासा गरेको छ। अनरले आन्तरिकरूपमा अनर १०० सिरिज अक्टोबरमा परीक्षण गर्नेछ भने नोभेम्बरमा कभर ब्रेक गर्ने टिपस्टर डिजिटल च्याट स्टेशनले थप खुलासा गरेका छन्।
अनर १०० सिरिजका अतिरिक्त, अनरले म्याजिक ६ लाइनअपमा पनि काम गरिरहेको बताइएको छ। सो लाइनअपमा म्याजिक ६, म्याजिक ६ प्रो र म्याजिक ६ अल्टिमेट जस्ता तीनवटा मोडलहरू समावेश हुन सक्ने उल्लेख गरिएको छ। साथै सम्पूर्ण सिरिजमा स्न्यापड्रागन ८ जेन ३ चिपसेट हुने अपेक्षा गरिएको छ। त्यसैगरी उक्त सिरिज चीनमा फेब्रुअरीको सुरुवातमा कभर ब्रेक गर्ने सम्भावना भएको उल्लेख छ।
प्रकाशित: २१ कार्तिक २०८०, मंगलवार