एनसेलले भाईटिका थिममा लघु चलचित्र प्रतियोगिता आयोजना गर्दै

  • Technology Khabar | २० कार्तिक २०८०, सोमबार
एनसेलले भाईटिका थिममा लघु चलचित्र प्रतियोगिता आयोजना गर्दै

काठमाडौं ।

एनसेल आजियाटा लिमिटेडले चलचित्र मार्फत दाजू–बहिनी, दिदि–भाइहरूको विशेष सम्बन्ध चित्रण गर्न भाईटिकाको थिममा लघु चलचित्र प्रतियोगिताको आयोजना गरिरहेको छ।

यस प्रतियोगितामा आकर्षक कथा र प्रस्तुतिमार्फत दर्शकलाई प्रेरित गर्ने खालको चलचित्र बनाउन सक्ने सबै ईच्छुक व्यक्ति वा समुहले भाग लिन सक्छन्।

यस प्रतियोगितामा सहभागी हुन ईच्छुक सबैले दिदिभाइहरूको हृदयस्पर्शी सम्बन्धलाई ३ देखी ५ मिनेटको भिडियो अर्थात चलचित्रमा सुन्दर ढंगमा प्रस्तुत गरेको हुनु पर्दछ। भिडियोको कथामा एनसेलको सरप्राइज योजना, रिचार्ज, डाटा वा भ्वाइस प्याक प्रयोगका बारेमा एक वा बढी तत्वहरू समावेश गरी ‘हामी तपाईंकै लागि’ विषयवस्तुको वरिपरि घुमेको हुनुपर्ने कम्पनीले बताएको छ।

उल्लेखित सबै कुरालाई ध्यानमा राखी सहभागीहरुले दिदि–भाइबीचको सुमधुर सम्बन्धलाई मन छुने प्रस्तुतिमार्फत उजागर गर्दै आफ्नो कलाकारितामार्फत निर्णायक मण्डलको मन जितेर पुरस्कार जित्ने मौका पाउनेछन्। यस प्रतियोगितामा प्रथम हुने व्यक्ति वा समुहले रु १ लाख नगद पुरस्कार प्राप्त गर्ने छन्। त्यस्तै दोस्रो हुनेले रु ७५,००० नगद र तेश्रो हुनेले रु ५०,००० नगद पुरस्कार प्राप्त गर्ने बताईएकोछ।

“हामी उदीयमान फिल्म निर्माताहरूका लागि प्लेटफर्म प्रदान गर्न पाउँदा अत्यन्तै उत्साहित छौं। विभिन्न समुह र सहभागीहरूले आफ्नै कथा तथा प्रस्तुतीमार्फत देखाउने कला पक्कै राम्रो हुनेछ। अझै राम्रो पाटो भनेको हामी सधै अरूको रचनात्मक प्रयासहरूबाट धेरै प्रेरणा लिईरहेका हुन्छौं,” एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने।

प्राप्त सबै भिडियोहरु मध्ये छानिएका भिडियोहरु भाईटिकाको दिन एनसेलको सोसल मिडिया प्लेटफर्महरुमार्फत सार्वजनिक गरिनेछ। निर्देशक, निर्माता तथा अभिनेता आशिफ शाह, मल्टिमिडिया स्टोरीटेलर तथा द रेकर्ड नेपालको निर्माता साहाना बज्राचार्य र फिल्म निर्माता अविन भोको एक निर्णायक मण्डलले यस प्रतियोगितामा प्राप्त भिडियोहरुको समिक्षा र मुल्यांङकन गर्नेछ। यस प्रतियोगिताका विजेताहरु कार्तिक २९ गते भाईटिकाको दिन घोषणा गरिनेछ।

सहभागी हुन ईच्छुकहरुको प्रतिक्रिया र अनुरोधका आधारमा यस प्रतियोगिताको भिडियो बुझाउने मिति कार्तिक २३ गतेसम्म थप गरिएको छ। थप जानकारी तथा सर्तहरुका बारेमा एनसेलको वेबसाइटमार्फत जानकारी लिन सकिने जनाएको छ।

प्रकाशित: २० कार्तिक २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार