शाओमीको इभीमा दुर्घटना पत्ता लगाउने र आपतकालीन सम्पर्क अलर्टकाे सुविधा हुने

  • Technology Khabar | २० कार्तिक २०८०, सोमबार
शाओमीको इभीमा दुर्घटना पत्ता लगाउने र आपतकालीन सम्पर्क अलर्टकाे सुविधा हुने

काठमाडौं ।

शाओमी आउन लागेको मोडेना इभीले एडभान्स दुर्घटना पत्ता लगाउने र आपतकालीन सम्पर्क अलर्टहरूको सुविधा दिने भएको छ। नयाँ शाओमी पेटेन्टले स्वचालित रुपमा दुर्घटना पत्ता लगाउने र आपतकालीन सम्पर्क अलर्टहरूको लागि प्रविधि प्रकट गरेकाे हाे।

पेटेन्टले दुर्घटनाको गम्भीरता मूल्याङ्कन गर्न गेट मोड्युल, डिटरमाइन मोड्युल, र एक कम्यूनिकेसन मोड्युल गरि तीन मोड्युलहरू प्रयोग गर्ने प्रणालीको वर्णन गरेको छ।

गेट मोड्युलले ब्याट्री फेल, सर्किट फेल, एयरब्याग डिप्लोइमेन्ट, र ह्वील डिटेचमेन्टजस्ता भेहीकलको स्थिति जानकारी सङ्कलन गर्ने छ। त्यसपछि डिटरमाइन मोड्युलले दुर्घटनालाई लेभल १ वा लेभल २ को रूपमा वर्गीकृत गर्न यो जानकारी प्रयोग गर्ने बताइएको छ।

लेभल १ दुर्घटनाहरूमा क्रयाक्ड विन्डशिल्ड वा ड्यामेज्ड बम्परजस्ता साना क्षति समावेश हुने उल्लेख छ। लेभल १ दुर्घटनाको अवस्थामा, प्रणालीले  भेहीकल इमर्जेन्सी कन्ट्याक्टमा दुर्घटनाको जानकारी सहितको सन्देश पनि पठाउने बताइएको छ।

लेभल २ दुर्घटनाहरूमा सवारी भेहीकल रोलओभर, ओयल ट्याङ्क लिक, वा ह्विल डिच्याटमेन्ट जस्ता गम्भीर क्षतिहरू समावेश हुने उल्लेख छ। लेभल २ दुर्घटनाको इभेन्टमा, प्रणालीले प्रेजेन्ट एमर्जेन्सी कन्ट्याक्टमा सूचना सन्देश पठाउने तथा आपतकालीन सेवा केन्द्रमा आपतकालीन कल गर्ने बताइएको छ।

आपतकालीन कल चलिरहेका बेला प्रणालीले आपतकालीन र गैर-आपतकालीन सम्पर्कहरूबाट सबै कलहरू अस्वीकार गर्ने उल्लेख छ। एक पटक आपतकालीन कल समाप्त भएपछि, प्रणालीले आपतकालीन कलब्याकको लागि पर्खनेछ। यस अवधिमा गैर-आपतकालीन सम्पर्कहरूबाट सबै कलहरू अस्वीकार गरिने बताइएको छ।

आपतकालीन सम्पर्क वा आपतकालीन सेवा केन्द्रबाट आउने सबै कलहरू भेहीकलसँग सम्बन्धित टर्मिनल डिभाइसमार्फत रुट गरिने उल्लेख छ।

आपतकालीन सेवा केन्द्रसँग समन्वय गरेर आपतकालीन उद्धार सुरु भएपछि प्रणालीले टाइमर पनि सुरु गर्नेछ। तोकिएको प्रतीक्षा समय भित्र उद्धार नगरिएमा, वर्तमान इमर्जेन्सी कन्ट्याक्टमा अर्को कल गरिने बताइएको छ।

यो सवारी दुर्घटना र आपतकालीन सम्पर्क अलर्ट एडभान्स प्रणाली शाओमी मोडेना इभीमा फिचर हुने अपेक्षा गरिएको छ। मोडेनाले बीवाइडी एलएफपी  र सीएटीएल किलिन  ब्याट्रीहरू, स्न्यापड्रयागन ८२९५ प्रोसेसर, र थपको साथ आउने अपेक्षा गरिएको छ।

शाओमीको मोडेना नामक आगामी इभी, यस वर्षको अन्त्यमा लन्च हुने अपेक्षा गरिएको छ।

प्रकाशित: २० कार्तिक २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...