बीवाईडीको पहिलो युरोपेली कार कारखाना हंगेरीमा स्थापना गरिने

  • Technology Khabar | २० कार्तिक २०८०, सोमबार
बीवाईडीको पहिलो युरोपेली कार कारखाना हंगेरीमा स्थापना गरिने

काठमाडौं ।

ईभी म्यानुफ्याक्चरिङ्ग (निर्माण) को टाइटन मानिएको बीवाईडीले हंगेरीमा आफ्नो पहिलो युरोपेली कार कारखाना स्थापना गर्ने तयारी गरिरहेको छ।

साथै यो समाचार अनौपचारिक स्रोतहरुबाट आएको र जसलाई एक जर्मन अखबारले उद्धृत गरेको तर कम्पनीद्वारा पुष्टि हुन भने बाँकी नै रहेको उल्लेख गरिएको छ। यद्यपी यो समाचार बीवाईडीको रणनीतिक विस्तार योजनाहरुसंग पङ्क्तिबद्ध भएको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

हंगेरीमा कम्पनीको इलेक्ट्रिक बस प्रोडक्सन लाइनको अवस्थित उपस्थिति पनि रहेका छ। यसबाहेक, युरोपेली संघमा हंगेरीको सदस्यताले बीवाईडीलाई फराकिलो ईयू बजारमा पहुँचको महत्त्वपूर्ण फाइदा प्रदान गर्ने जनाइएको छ।

बीवाईडीको यो कदम हंगेरीमा चिनियाँ लगानीको ठूलो प्रवृतिसँग मिल्दोजुल्दो भएको र त्यहाँ ईभी ब्याट्री बजारको अर्को चिनियाँ हेवीवेट सीएटीएलको महत्त्वपूर्ण ब्याट्री प्लान्टको निर्माणले पनि यसलाई थप हाइलाइट गरेको छ।

साथै बीवाईडीले टेस्लाको बिक्री आंकडालाई छायामा पार्दै र निर्यातको निरन्तर वृद्धिका साथ कम्पनीले संयुक्त राज्य अमेरिका सहित अन्तर्राष्ट्रिय बजारहरूमा पनि आफ्नो नजर राखेको छ।

त्यसैगरी, बीवाईडीले क्यालिफोर्नियामा इलेक्ट्रिक बस कारखानाको साथ अमेरिकामा प्रवेश गरिसकेको र यस रणनीतिक निर्णयले उत्तर अमेरिकी ईभी उत्पादनमा थप विस्तारको आशा गर्न सकिने छ भने यसले सम्भावित रूपमा मुद्रास्फीति न्यूनीकरण ऐनबाट लाभहरू लिनसक्ने छ।

प्रकाशित: २० कार्तिक २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...