ह्वावेको चिनियाँ बजारमा बलियो पुनः आगमनसँगै आईफोनको माग कमजोर

  • Technology Khabar | २० कार्तिक २०८०, सोमबार
ह्वावेको चिनियाँ बजारमा बलियो पुनः आगमनसँगै आईफोनको माग कमजोर

काठमाडौं ।

चिनियाँ स्मार्टफोन बजारमा एप्पलको हालको प्रदर्शनले चुनौती र अवसरहरूको मिश्रण प्रस्तुत गरेको छ। फक्सकनमा आपूर्ति श्रृंखला समस्याहरूको कारणले गर्दा विशेष गरी आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्स मोडलहरूका साथै आईफोन सिपमेन्टमा उल्लेखनीय गिरावट अएको टीएफसेक्युरिटीजका विश्लेषक मिंग–ची कुओले औंल्याएका छन्।

साथै यो गिरावटको परिणाम स्वरुप नोभेम्बर २०२२ मा १२ मिलियन एकाइले कमि ल्याएको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

एप्पलले यो प्रवृति २०२४ सम्म जारी रहने अपेक्षा गरिएको र यसले ढुवानीलाई थप कमजोर बनाउने उल्लेख छ।

सन् २०२३ को चौथो त्रैमासिकमा चुनौतिहरूको सामना गरे तापनि, वार्षिक दरमा राजस्व र बिक्री प्रक्षेपणपछि सेयर प्राइस (मूल्य) मा ३ प्रतिशत गिरावटको साथ एप्पलले राजस्व अनुमानलाई थोरैले मात्र पार गर्न सफल भएर ८९.५० बिलियन अमेरिकी डलर पुगेको छ।

त्यसैगरी आईप्याड र वेयरेबल्सको सुस्त मागको कारणले गर्दा अपेक्षित भन्दा कम प्रदर्शन भएको र चीनमा राजस्वमा थोरै गिरावट आएको जनाइएको छ। यद्यपि, सेप्टेम्बरको रेकर्ड–सेटिङ्ग सेल्स क्वार्टर हाइलाइट गर्दै र चिनियाँ बजारमा एप्पलको प्रतिबद्धतालाई जोड दिँदै सीईओ टिम कुक आशावादी रहेको उल्लेख छ।

ईकमर्स प्लेटफर्महरूमा आईफोन १५ सिरिजको प्राइस रिडक्सन र एप्पलको निरन्तर नवप्रवर्तन प्रयासले समर्थन गरेकोमा उनी आशावादी देखिएका हुन्। एप्पलले ह्वावेको मेट ६० प्रो र नियामक चुनौतिहरुबाट प्रतिस्पर्धाको सामना गर्नु परे तापनि कम्पनीको रणनीति लचिलो देखिएको र यसको प्रमाण सेवा राजस्वमा हालैको वृद्धि र टिम कुकको चीन भ्रमणले देखाएको छ।

त्यसैगरी विश्वव्यापी स्तरमा भने एप्पलले सामसङलाई पछाडि पार्दै बलियो मार्केट (बजार) सेयर कायम राखेको उल्लेख गरिएको छ। साथै भारतमा पनि एप्पलले आफ्नो सबैभन्दा उच्च त्रैमासिक वृद्धि रिपोर्ट गर्दै ३.५ मिलियन भन्दा बढी आईफोनहरू ढुवानी गरेको र यसले ३४ प्रतिशत वर्ष–दर–वर्ष वृद्धिलाई संकेत गेरेको उल्लेख गरिएको छ।

यस वृद्धिको श्रेय मुख्य रुपमा उपभोक्ताहरूले प्रिमियम स्मार्टफोनहरूमा देखाएको चासोलाई दिन मिल्ने र यसलाई वित्तिय विकल्पहरूका साथै आकर्षक अफरहरूले ड्रिभन गरेको जनाइएको छ। साथै एप्पलले भारतमा आफ्नो बजार हिस्सा ४.५ प्रतिशत बाट ६ प्रतिशत सम्म विस्तार गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २० कार्तिक २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार