
काठमाडौं ।
भारतीय टेलिकम अपरेटर रिलायन्स जियोले भारतमा जियोमोटिभ (२०२३) नामक नयाँ किफायती कार एक्सेसरी लन्च गरेको छ। यो प्लग-एन-प्ले ओबीडी डिभाइस हो जसले प्रयोगकर्ताको सवारी र प्रयोगकर्तालाई सुरक्षित र कनेक्टेड राख्नको लागि स्मार्ट फिचर्स रेञ्ज प्रदान गर्दछ।
ओबीडी (अन-बोर्ड डायग्नोस्टिक्स) डिभाइस हो। जसले कारको सेल्फ डायग्नोस्टिक्स क्षमताहरूमा ट्याप गर्दछ यसको प्रदर्शन र सम्भावित समस्याहरुको रियल टाइम डाटा प्रदान गर्छ।
यो डाटा महँगो मर्मतबाट बच्न, मर्मत सुधार गर्न र कार चुस्त दुरुस्त चल्छ भनेर सुनिश्चित गर्न प्रयोग गर्न सकिन्छ।
जियोमोटिभको मूल्य ४ हजार ९९९ भारु तोकिएको छ र यो अमेजन, रिलायन्स डिजिटल र जियोडटकमबाट खरिद गर्न सकिन्छ।
जियोमोटिभ (२०२३) मा रियल टाइम भेहिकल ट्याकिङ, जियो र टाइम फेन्सिङ, भेहिकल हेल्थ मोनिटरिङ, ड्राइभिङ व्यवहार विश्लेषण, इन-कार वाईफाई, स्पीड ट्याकिङ, १० सेकेन्ड ल्याटेन्सि, दुर्घटना अलर्ट लगायत फिचर्स छ।
प्रकाशित: २० कार्तिक २०८०, सोमबार