
काठमाडौं ।
अलिबाबा क्लाउडले चीनको हांग्जौउमा आयोजित वार्षिक अप्सरा सम्मेलनमा उद्योग-विशेष कृत्रिम बुद्धिमत्ता (एआई) उपकरणहरूको सिरिज अनावरण गरेको छ।
यी ग्राउन्डब्रेकिंग उपकरणहरू अलिबाबा क्लाउडको अपडेटेड लार्ज ल्याङ्गवेज मोडल (एलएमएम) टङ्गी कीएनवेन २.० द्वारा संचालित रहेका उल्लेख छ।
सम्मेलनमा प्रस्तुत गरिएका एआई उपकरणहरूको सुइट, विशेष गरी विभिन्न क्षेत्रहरूमा उद्यमहरूलाई तिनीहरूको एआई-इनेबल एप्लीकेसनहरू विकास गर्न मद्दत गर्नको लागि बनाइएको बताइएकाे छ।
सम्मेलनमा टङ्गी कीएनवेन २.० मोडलमा निर्मित कम्तिमा १० इन्डस्ट्री -स्पेसीफिक एआई डिभाइसहरू अनावरण गरिएकाे हाे।
अलिबाबा क्लाउडद्वारा प्रस्तुत गरिएका यी स्वामित्वका मोडलहरूले च्याट जीपीटी जस्तै जेनेरेटिभ एआई प्रविधिको रूपान्तरण क्षमताको उपयोग गर्ने, तथा ग्राहक समर्थन, कानुनी परामर्श, स्वास्थ्य सेवा, वित्त, कागजात व्यवस्थापन, अडियो र भिडियो व्यवस्थापन, कोड विकास, र क्यारेक्टर क्रिएसनमा एप्लीकेसन टेलर्ड गर्नका लागि प्रयाेग हुने बताइएकाे छ।
अलिबाबा क्लाउडका चीफ टेक्नोलोजी अफिसर झोउ जिंगरेनले आफ्ना ग्राहकहरूका लागि अप्रेसनल इफिसिएन्सी र कम्पिटिटिभनेस बढाउने लक्ष्य राख्दै यी मोडलहरूको प्रभावबारे आशावादी भाव व्यक्त गरेका छन्।
यी उपकरणहरूको अनावरणले नयाँ समूह प्रमुख कार्यकारी, एडी वू योङमिङले आन्तरिक सञ्चारमा कर्मचारीहरूमा उल्लिखित दृष्टिकोणसँग पङ्क्तिबद्ध गर्दै एआई र उद्यम प्रयोगकर्ताहरूमा अलिबाबा क्लाउडको रणनीतिक फोकसलाई अलाइन गर्ने गज्माेचाइनामा उल्लेख छ।
टङ्गी कीएनवेन २.० लगायतका ठूला भाषा मोडलहरू विशाल डाटासेटहरू प्रयोग गरेर सामग्री पहिचान गर्न, संक्षेप गर्न, अनुवाद गर्न, प्रेडिक्सन गर्न र कन्टेन्ट कुरीयसन गर्नमा डिप -लर्निङ एल्गोरिदमहरू रहेका बताइएकाे छ।
अलिबाबा समूहको अत्याधुनिक एआई प्रविधि अलिबाबा क्लाउड एआई र डाटा इन्टेलिजेन्सद्वारा संचालित छ।अत्याधुनिक क्लाउड पूर्वाधार र साेफिस्टीकेटेड एल्गोरिदमहरू प्रयोग गर्दै, अलबिाबा एआई साेलुसनहरूले परम्परागत उद्योग सीमाहरू पुन: परिभाषित गर्ने प्रयास गर्ने उल्लेख छ।
प्रकाशित: २० कार्तिक २०८०, सोमबार