Technology Khabar १९ कार्तिक २०८०, आईतवार
काठमाडौं ।
ह्वावेले २०२३ को पहिलो तीन त्रैमासिकको व्यापारिक नतिजा सार्वजनिक गरेको छ। यस अवधिमा, ह्वावेले ४५६.६ अर्ब युआन राजस्व आर्जन गरेको छ। कम्पनीले सो अवधिमा वार्षिक रूपमा २.४ प्रतिशतको वृद्धि र १६ प्रतिशतको खुद नाफा मार्जिन हासिल गरेको छ।
“कम्पनीको कार्यसम्पादन पूर्वानुमान अनुरूप छ,” ह्वावेका रोटेटिङ्ग अध्यक्ष केन हुले भने, “अगाडि बढ्दै, हामी हाम्रो व्यापार पोर्टफोलियोको अधिकतम बनाउन र हाम्रा उत्पादन र सेवाहरूको प्रतिस्पर्धात्मकतालाई नयाँ उचाइहरूमा लैजान आर एण्ड डीमा हाम्रो लगानी बढाउन जारी राख्नेछौं। सधैं जस्तै, हाम्रो लक्ष्य हाम्रा ग्राहकहरू, साझेदारहरू, र समाजको लागि ठूलो मूल्य सिर्जना गर्नु हो।”
सन् २०२२ मा, ह्वावेले ९३.५ बिलियन अमेरिकी डलर राजस्व र ५.२ बिलियन अमेरिकी डलर (लगभग) खुद नाफा कमाएको थियो। ह्वावेले २०२२ मा २३.५ बिलियन अमेरिकी डलरको वार्षिक खर्चका साथमा, कम्पनीको वार्षिक राजस्व को २३.५ प्रतिशतको प्रतिनिधित्वसंग अनुसन्धान र विकासमा आफ्नो लगानी सुदृढ गर्न जारी राख्यो र विगत दस बर्ष मा आफ्नो कुल अनुसन्धान र विकास खर्च १४२.३ बिलियन अमेरिकी डलर भन्दा बढि ल्याएको जनाएको छ।
प्रकाशित: १९ कार्तिक २०८०, आईतवार