इलन मस्कले ल्याए आर्टिफिसियल इन्टेलिजेन्स मोडल ‘ग्रोक’

Technology Khabar १९ कार्तिक २०८०, आईतवार

काठमाडौं ।

इलन मस्कको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) स्टार्टअप एक्सएआईले शनिबार ग्रोक(Grok) नामक एआई मोडेल लन्च गरेको छ। हाल यो सिमित ग्रुपका लागि उपलब्ध छ।

मस्कले भने, ‘ग्रोकसँग एक्स प्लेटफर्ममार्फत जानकारीमा रियल टाइम पहुँच छ, जुन अन्य मोडेलहरूको तुलनामा ठूलो फाइदा हो।’

ओपनएआईको च्याटजीपीटीले विश्वभरका व्यवसाय र प्रयोगकर्ताहरूको कल्पनालाई समातेको लगभग एक वर्ष पछि यो आएको छ, जसले जेनेरेटर एआई टेक्नोलोजीअपनाउने वृद्धिलाई बढावा दिएको छ।

एआई विकासलाई केही समय सुस्त गर्नुपर्ने बताउँदै आएका मस्कले एआई टेक्नोलोजीलाई अघि बढाउने प्रतिबद्धतालाई संकेत गर्ने एमएनएसले उल्लेख गरेको छ।

मस्कले गत बिहीबारर बेलायती प्रधानमन्त्री ऋषि सुनकसँग लण्डनमा पहिलो पटक आयोजित आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सुरक्षा शिखर सम्मेलन भेट गरेका थिए। सम्मेलनमा मस्कले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) इतिहासकै सबैभन्दा विध्वंसकारी शक्ति भएको चेतावनी दिएका थिए। आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले श्रमशक्तिको अन्त्य गर्ने समेत उनले भविष्यवाणी गरेको बीबीसीले जनाएको छ।

मस्कले भने, ‘एउटा यस्तो बिन्दु आउनेछ जहाँ कुनै पनि कामको आवश्यकता पर्दैन। यदि तपाई व्यक्तिगत सन्तुष्टिको लागि काम चाहनुहुन्छ भने तपाईसँग काम हुन सक्छ तर एआईले सबै कुरा गर्नेछ।’

मस्क ओपनएआईका सह–संस्थापक र प्रारम्भिक फन्डर थिए जो धेरै वर्ष पहिले सान फ्रान्सिस्कोस्थित अनुसन्धान प्रयोगशालाबाट अलग भएका थिए।

उनी ओपनएआईको चर्को आलोचना गर्छन्। किनकि ओपनआईले गत वर्ष च्याटजीपीटीको रिलीजको साथ विश्वव्यापी प्रमुखता र व्यावसायिक सफलता प्राप्त गरेको छ र माइक्रोसफ्टसँग यसको वित्तीय सम्बन्धलाई बलियो बनाएको छ।

मस्कले गत अप्रिलमा फक्स न्युजका तत्कालीन प्रस्तोता टकर कार्लसनलाई यसबारे गरेको टिप्पणीपछि एक्सएआईको सार्वजनिक अनावरण गरिएको हो।

मस्कले कार्लसनलाई भनेका थिए, “ओपनएआईको लोकप्रिय च्याटबोटमा उदार पूर्वाग्रह थियो र उनले एक विकल्पको योजना बनाएका थिए जुन ‘ब्रह्माण्डको प्रकृति बुझ्न प्रयास गर्ने अधिकतम सत्य–खोजी एआई हुनेछ।”

प्रकाशित: १९ कार्तिक २०८०, आईतवार

तपाइको प्रतिक्रिया