इन्फोसिसको सहायक कम्पनीमा साइबर आक्रमण

Technology Khabar १९ कार्तिक २०८०, आईतवार

काठमाडौं ।

इन्फोसिसको अमेरिकी यूनिट इन्फोसिस म्याकक्याशि सिस्टम्समा साइबर सुरक्षा इभेन्टबाट प्रभावित भएको छ। साइबर आक्रमणका कारण कम्पनीको केही एप्लिकेसन र सिस्टम उपलब्ध नभएको इन्फोसिस ३ नोभेम्बरमा जानकारी दिएको लाइभमिन्टले उल्लेख गरेको छ।

आईटी सेवा कम्पनीले यस समस्यालाई समाधान गर्न साइबर सुरक्षा कम्पनीसँग काम गरिरहेको र आफ्नो सिस्टम र डाटामा सम्भावित प्रभावको पहिचान गर्न अनुसन्धान सुरु गरेको बताएको छ।

‘डाटा सुरक्षा र साइबर सुरक्षा हाम्रो लागि अत्यन्त महत्तवपूर्ण छ। हामी एक अग्रणी साइबर सुरक्षा उत्पादन प्रदायकसँग यसलाई चाँडो भन्दा चाँडो समाधान गर्न काम गरिरहेका छौं। सिस्टम र डाटामा सम्भावित प्रभाव पहिचान गर्न उनीहरूसँग एक स्वतन्त्र अनुसन्धान पनि सुरु गरेका छौं,’ इन्फोसिसले स्टक एक्सचेन्जलाई नियामक फाइलिङमा भनेको छ।

प्रकाशित: १९ कार्तिक २०८०, आईतवार

तपाइको प्रतिक्रिया