
काठमाडौं ।
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडले भूकम्प पिडित राहत कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
कर्णाली प्रदेशको मुख्यमन्त्री राहतकोषमा सो रकम जम्मा गर्ने निर्णय गरिएको एनसेलका कानूनी तथा नियामक निकाय प्रमुख विशाल उपाध्यायलाई उदृत गर्दै सञ्चारमन्त्रीका प्रेस विज्ञ नरेन्द्र केसीले जानकारी दिएका छन्।
त्यस्तै एनसेलले भूकम्प प्रभावित क्षेत्रमा ४० लाख बराबरको भ्वाइस र डाटा निःशुल्क गर्ने निर्णय गरेको पनि जानकारी दिएको छ।
यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भूकम्प प्रभावित क्षेत्रमा आवश्यक सहयोग गर्न र सेवा सुचारु गर्न निजी क्षेत्रका सेवा प्रदायकहरुलाई आग्रह गरेको थियो।
प्रकाशित: १८ कार्तिक २०८०, शनिबार