भोल्भोले अक्टोबरमा ५९ हजार ८६१ यूनिट इलेक्ट्रिफाइड कार बेच्यो

  • Technology Khabar | १८ कार्तिक २०८०, शनिबार
भोल्भोले अक्टोबरमा ५९ हजार ८६१ यूनिट इलेक्ट्रिफाइड कार बेच्यो

काठमाडौं ।

स्वीडेनमा आधारित, चिनियाँ स्वामित्वको भोल्भोको ईभी बिक्री लगातार रुपमा बढ्दो क्रममा रहेको छ।

अक्टोबर २०२२ को तुलनामा गत महिना कम्पनीले धेरै कारहरू बेचेको छ। र बिक्रीको हिसाबले लगातार १४ औं महिनासम्म वृद्धि भएको रिपोर्टमा उल्लेख छ।

अक्टोबरमा भोल्भोको ईएक्स९० र ईएक्स३० विश्वव्यापी बिक्री ५९ हजार ८६१ यूनिट पुगेको छ। गत वर्षको सोही अवधिको तुलनामा १० प्रतिशतले बढेको इनसाइडईभीले उल्लेख गरेको छ। यस तथ्यांकमा दुबै प्लग इन हाइब्रिड र फूल इलेक्ट्रिक रहेको छ।

विश्वव्यापी रुपमा ब्याट्री इलेक्ट्रिक भेहिकल अक्टोबरमा २९ प्रतिशत वृद्धिका साथ १० हजार ४८९ यूनिट र प्लग इन हाइब्रिडको बिक्री ८ प्रतिशतले घटेर १० हजार ८६४ यूनिट बिक्री गरेको छ।

अमेरिकामा भोल्भोले अक्टोबरमा १ हजार २४० यूनिट इलेक्ट्रिक झेहिकल बिक्री गरेको छ। गत वर्षको सोही अवधिको तुलनामा यो बित्री ६ प्रतिशत धेरै हो। प्लग इन हाइब्रिड १ हजार ८०१ यूनिट बिक्री गरेको छ।

भोल्भोको सबैभन्दा ठूलो बजार युरोप हो। स्वीडिस कम्पनीले युरोपमा ७ हजार ९ यूनिट ईभ र ६ हजार ६५४ यूनिट प्लग इन हाइब्रिड बिक्री गरेको छ। कम्पनीले अक्टोबरमा युरोपमा समग्र रुफमा २४ हजार ८९२ यूनिट सवारी बिक्री गरेको छ।

१५ हजार ४१ यूनिट बित्रीका साथ चीन कम्पनीको दोस्रो ठूलो बजार हो। तर कम्पनीले चीन इलेक्ट्रिफाइड सवारी न्यून संख्यामा बिक्री गरेको छ। जसमा २३७ ईभी र ९२९ यूनिट प्लग इन हाइब्रिड रहेको छ।

कम्पनीको तेस्रो ठूलो बजार अमेरिकामा ११ हजार २९६ यूनिट सवारी बिक्री गरेको छ।

अक्टोबरसम्म कम्पनीले विश्वव्यापी रुपमा ५ लाख ६९ हजार १९ सवारी बिक्री गरेको छ। गत वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशत बढी हो। गत वर्षको अक्टोबरमा कम्पनीले ४ लाख ८३ हजार ३०४ यूनिट सवारी बिक्री गरेको थियो।

प्रकाशित: १८ कार्तिक २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार