
काठमाडौं ।
एप्पलको भर्खरै घोषणा गरिएको एम ३ -सुसज्जित म्याकबुकहरू समीक्षकहरूको हातमा रहेकाे तथा गीकबेन्च स्कोरहरू बढिरहेकाे छ।
समीक्षकहरूले एम ३ म्याक्स चिपको सम्भाव्यता प्रकट गरेका छन्। यसले सिङ्गल-कोरमा लगभग ३,००० र गीकबेन्च ६ मा मल्टि-कोरमा लगभग २१,००० स्कोर गर्ने उल्लेख छ।
ती संख्याहरूले एम ३ म्याक्सलाई म्याक प्रो र म्याक स्टुडियो भित्र एम २ अल्ट्रासँग समानता राख्नेछ, जसले लगभग २,८००/२१,००० स्कोर गर्ने बताइएकाे छ।
एम २ अल्ट्रा २४ कोर (१६ पर्फर्मेन्स, ८ इफिसेन्सी)भएको ५ एनएम, ६० वाट चिप हो। त्यस्तै एम ३ म्याक्स ३ एनएम, १६ कोर (१२ पर्फरमेन्स, ४ इफिसेन्सी) भएको ३० वाट चिप रहेकाे उल्लेख छ।एम २ अल्ट्रामा ७६ -कोर जिपीयू रहेकाे, जबकि एम ३ म्याक्स त्यसकाे आधा रहेकाे छ। यद्यपि स्पष्ट रूपमा ग्राफिक्स पावर भने गिकबेन्चद्वारा परीक्षण गरिएको छैन।
एप्पलले एम ३ म्याक्स सीपीयू आफ्नो पूर्ववर्ती एम २ म्याक्स भन्दा ५० प्रतिशत सम्म छिटो रहेकाे बताएकाे छ। यी मल्टि-कोर गीकबेन्च स्कोरहरू त्योभन्दा कम भएपनि अझै एम ३ म्याक्स लगभग ४० प्रतिशत तिब्र रहेकाे देखाएकाे गिज्माेचाइनामा उल्लेख छ।
प्रकाशित: १८ कार्तिक २०८०, शनिबार