भारतमा शाओमी, सामसङसहित थप अन्य ब्राण्डलाई ल्यापटप आयात गर्न स्वीकृति

Technology Khabar १७ कार्तिक २०८०, शुक्रबार

काठमाडौं ।

यस वर्षको सुरुवातमा भारत सरकारले लाइसेन्स बिना भारतमा ल्यापटप आयात गर्न प्रतिबन्ध लगाएको थियो। उद्योगको चासोलाई ध्यानमा राख्दै सरकारले आफ्नो निर्णय फिर्ता लिई “न्यू इम्पोर्ट म्योनमेन्ट सिस्टम” (नयाँ आयात व्यवस्थापन प्रणाली) लागू गरेको र त्यसमा कम्पनीले आयातको गुणस्तर र मूल्य दर्ता गर्नुपर्ने आवश्यक रहेको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

भारतको न्यू इम्पोर्ट म्यानेजमेन्ट सिस्टम ( भारतको नयाँ आयात व्यवस्थापन प्रणाली)
यो नयाँ प्रणाली नोभेम्बर १ देखि लागू गरिएको र कुल ११० कम्पनीहरूले सफलतापूर्वक ल्यापटप, ट्याब्लेट र अन्य आईटी हार्डवेयर आयात गर्न स्वीकृति प्राप्त गरेको जनाइएको छ। साथै कम्पनीहरूको उक्त सूचीमा सामसङ, एप्पल, शाओमी, लेनोभो, एचपी, डेल, एसर र आईबीएम जस्ता ठूला नामहरू समावेश रहेका छन्। सो अवसरमा बोल्दै एक अधिकारीले भने, ‘अहिलेसम्म करिब ११० वटा इम्पोर्ट अथोराइजेसन (आयात प्राधिकरण) जारी भइसकेको छ । सबै प्रमुख आईटी हार्डवेयर कम्पनीहरूले अथोराइजेसन प्राप्त गरिसकेका छन्। प्राप्त सबै निवेदन तोकिएको समयभित्रै टुंगो लगाइनेछ। मितिको रूपमा कुनै पेन्डेन्सी छैन।

न्यू इम्पोर्ट म्यानेजमेन्ट सिस्टम (नयाँ आयात व्यवस्थापन प्रणाली) पर्सनल कम्प्युटर्स, माइक्रोकम्प्युटर्स, मेनफ्रेम वा लार्ज (ठूला) कम्प्युटर्स र डाटा सेन्टर मेसिनहरूमा लागू हुने जनाइएको छ। नयाँ प्रणाली पछाडिको विचार भनेको ढुवानीको अनुगमन गर्नु र सहज बजार आपूर्ति सुनिश्चित गर्दै आपूर्ति श्रृंखलामा विश्वास स्थापित गर्नु भएको भनी उल्लेख गरिएको छ।

यद्यपि, हाल “डिनाइड इन्ट्रि लिस्ट” मा रहेका कम्पनीहरूको लागि भने अथोराइजेसन प्राप्त गर्नका केही बाधाहरू रहेको जनाइएको छ। त्यसैगरी भारतमा मर्मत गरिएको वा सेकेन्ड–ह्यान्ड सामानहरू आयात गर्ने कम्पनीहरूलाई पनि आयात अस्वीकार गरिएको उल्लेख छ। साथै नयाँ नीतिले निजी कम्पनीहरूलाई रक्षा र सुरक्षा उद्देश्यका लागि सरकारी निकायहरूको तर्फबाट आयात गर्न अनुमति दिने थप जनाइएको छ।

भारतले देशमा आईटी हार्डवेयरको उत्पादन र निर्माणलाई बढावा दिन प्रयास गरिरहेको छ। साथै सरकारले विद्युतीय उपकरण उत्पादन गर्ने कम्पनीलाई प्रोत्साहन भत्ता पनि दिने भएको उल्लेख गरिएको छ।

प्रकाशित: १७ कार्तिक २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया