
काठमाडौं ।
टेक स्टुडियो प्रालिले “एक्यूफिट (AQFiT) स्मार्टवाचको हरेक खरिदमा नि:शुल्क मोबाइल फोन पाउनुहोस्” भन्ने ट्याग लाइनको साथ आगामी तिहारको लागि विशेष योजना घोषणा गरेको छ।
यस योजनाले प्रत्येक चयन गरिएका मोडेल एक्यूफिट स्मार्टवाचको खरिदमा नि:शुल्क मोबाइल फोन प्रदान गर्दछ।
चयन गरिएका मोडलहरूमा एक्यूफिट डब्लु१६, एक्यूफिट डब्लु १८ (म्याक्स जीटी) र एक्यूफिट डब्लु २० (कस्मिक प्लस) समावेश छन्, जसको प्रस्ताव मूल्य क्रमशः रु.३,९९९, रु.४,९९९ र रु.६,९९९ तोकिएको छ।
एक्यूफिट डब्लु १६ को खरीदसंग, केजीटेल १०५ मोबाइल फोन नि: शुल्क प्रस्ताव गरिएको छ। जहाँ, एक्यूफिट डब्लु १८ (म्याक्स जीटी) AQFiT W18 (Max GT) को खरिदमा केजीटेल १०६ (KGTEL 106) मोबाइल फोन नि:शुल्क र केजीटेल २४३ (KGTEL 243) मोबाइल फोन एक्यूफिट डब्लु २० (कस्मिक प्लस) AQFiT W20 (Cosmiq+) को खरिदमा नि:शुल्क उपलब्ध गराइनेछ।
केजीटीईएल १०५, १०६ र २४३ मोबाइलको बजार मूल्य क्रमशः रु.१५००, रु.१,८०० र रु.२,००० तोकिएको छ। यो प्रस्ताव कात्तिक १५ गतेदेखि कात्तिक २४ गतेसम्म मात्र मान्य हुने जनाएको छ।
प्रकाशित: १६ कार्तिक २०८०, बिहीबार