एफवान सफ्ट इन्टरनेशनलको ग्रुप चिफ फाइनान्स अफिसरमा अभिष आचार्य नियुक्त

  • Technology Khabar | १६ कार्तिक २०८०, बिहीबार
एफवान सफ्ट इन्टरनेशनलको ग्रुप चिफ फाइनान्स अफिसरमा अभिष आचार्य नियुक्त

काठमाडौं ।

फिनटेक कम्पनी एफवान सफ्ट ग्रुपको ग्रुप चिफ फाइनान्स् अफिसरमा अभिष आचार्य नियुक्त भएका छन्। उनलाई एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले स्वागत गरेका छन्। आचार्य यसअघि लक्ष्मी सनराइज बैकमा करिब १० वर्ष वित्त प्रमुखको रूपमा कार्यरत थिए।

उनले लक्ष्मी सनराइजमा वित्तीय कोष र लगानीको क्षेत्रमा काम गरेका थिए।
चाटर्ड एकाउन्टेन्ट समेत रहेका उनी लक्ष्मी सनराइजमा आउनभन्दा पहिले विभिन्न अडिट फर्महरूमा कार्यरत थिए।

एफवान सफ्टमा नियुक्त भएसँगै आचार्यले भने, ‘वित्तीय टेक्नोलोजीलाई तिब्र गतिमा अगाडी बढाइरहेको एफवान सफ्ट ग्रुप दिनानुदिन ठुलो संस्था बनिरहेको छ, यस संस्थालाई वित्तीय क्षेत्रबाट आफुले सहयोग पुर्याउने छु, यसका लागि म खुशी छु।’

एफवान सफ्ट नेपालको सबैभन्दा ठुलो फिनटेक कम्पनी हो । जुन १९ वर्षभन्दा बढि समयदेखि डिजिटल फाइनान्स्मा केन्द्रित छ। कम्पनीले हाल एक हजार भन्दा दक्ष जनशक्तिलाई रोजगारी दिँदै आएको छ। एफवान सफ्ट कम्पनी अन्तर्गत हाल इसेवा, फोनपे, इसेवा मनि ट्रान्स्फर, दियालो टेक्नोलोजिज, बससेवा जस्ता अग्रणी कम्पनीहरू रहेका छन् ।

प्रकाशित: १६ कार्तिक २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार