चीनको वाईएमटीसीले विश्वको एडभान्स मेमोरी चिप बनायो

Technology Khabar १६ कार्तिक २०८०, बिहीबार

काठमाडौं ।

चीनको अग्रणी मेमोरी चिप उत्पादक यांग्त्जी मेमोरी टेक्नोलोजीज कम्पनी Yangtze Memory Technologies Co (वाईएमटीसी)ले उपभोक्ता डिभाइसमा संसारको सबैभन्दा एडभान्स (उन्नत) थ्रडी नान्ड मेमोरी चिप निर्माण गरेको छ।

वाईएमटीसीको मेमोरी चिप जुलाईमा लन्च गरिएको एक सोलिड स्टेड ड्राइभमा फेला परेको छ। अमेरिकी विणज्य विभागले प्रतिबन्धको सूचीमा राख्नुका बावजुत कम्पनीले एडभान्स प्रविधि विकास गर्न जारी राखेको चाइना मर्निङ पोस्टले रिपोर्ट गरेको छ।

विश्वका दुई ठूला अर्थतन्त्रहरूबीच बढ्दो व्यापार र भू-राजनीतिक तनावको बीचमा वाईएमटीसी र चिप क्षेत्रका अन्य २१ ‘प्रमुख’ चिनियाँ कम्पनीलाई डिसेम्बर २०२२ को मध्यमा अमेरिकी निकायको प्रतिबन्धको सूचीमा थपिएको थियो।

त्यतिखेर, वुहानमा आधारित चिप निर्माता एक नयाँ फ्ल्यागसिप थ्रीडी नान्ड फ्ल्यास चिप, २३२-लेयर एक्स-९०७० का साथ मेमोरी चिप लिडर सामसङ इलेक्ट्रोनिक्स, एसके हाइनिक्स र माइक्रोन टेक्नोलोजीलाई चुनौती दिने चरणमा थियो। अमेरिकी इक्वीमेन्ट आपूर्तिकर्ता केएलए र लाम रिसर्चले वाईएमटीसीलाई बिक्री र सेवाहरू बन्द गरेपछि यस चिपको ठूलो उत्पादनको सम्भावना कमजोर बनेको थियो।

टेकइनसाइट्सका अनुसार मेमोरी चिप बजारमा हालको मन्दी र उद्योगहरु लागत बचत गर्ने उपायहरूमा केन्द्रित हुँदा वाईएमटीसीलाई अधिक एडभान्स, उच्च बिट डेनसिटी चिपका साथ अघि बढ्ने अवसर मिलेको हो।

मेमोरी चिपको विकासमा वाईएमटीसीकोको पछिल्लो प्रगति पहिलो पटक अप्रिलमा रिपोर्ट गरिएको थियो जब अज्ञात स्रोतहरूले साउथ चाइना मर्निङ पोस्टलाई बताए कि वाईएमटीसीले आफ्नो सबैभन्दा एडभान्स चिप्स निर्माणमा मद्दत गर्नका लागि चिनियाँ आपूर्तिकर्ताहरूसँग काम गर्ने प्रयासलाई दोब्बर गरेको थियो।

यो प्रयास वाईएमटीसी के ‘एक्सट्याकिङ ३.०’ आर्किटेक्चर पर आधारित थियो र स्रोतका अनुसार यो प्रगति एक शीर्ष-गुप्त परियोजना कोड-नाम वुडांगशानमा हासिल गरिएको हो।

स्रोतहरूका अनुसार परियोजनाले चिनियाँ इक्वीमेन्ट मात्र प्रयोग गर्ने उद्देश्य राखेको थियो र वाईएमटीसीले घरेलु इक्वीमेन्ट आपूर्तिकर्ताहरुलाई ठूलो अर्डर दिएको थियो। जसमा बेइजिङमा आधारित नउरा टेक्नोलोजी ग्रुप पनि रहेको छ।

प्रकाशित: १६ कार्तिक २०८०, बिहीबार

तपाइको प्रतिक्रिया