Technology Khabar १६ कार्तिक २०८०, बिहीबार
काठमाडौं ।
शाओमीले गत हप्ता चीनमा शाओमी १४ र १४ प्रो प्रस्तुत गरेको थियो। साथै उक्त स्मार्टफोनहरू स्न्यापड्रागन ८ जेन ३ चिपसेटद्वारा संचालित संसारको पहिलो स्मार्टफोन भएको उल्लेख गरिएको छ।
यी डिभाइसहरू अक्टोबर ३१ मा राति ८ बजे (स्थानीय समय) देखि खरिदका लागि उपलब्ध गराइएका थिए। शाओमी १४ सिरिजलाई खरिदकर्ताहरूका लागि पहुँचयोग्य बनाएको केही समयपछि नै कम्पनीले पहिलो बिक्रीबाट उल्लेखनीय बिक्री संख्या रिपोर्ट गरेको गीज्मोचाइनामा उल्लेख छ।
शाओमी १४ सिरिज पहिलो सेलमा नै सोल्ड आउट
ब्रान्डको वेइबो पोष्टका अनुसार शाओमी १४ सिरिजले आफ्नो प्रारम्भिक बिक्रीको पहिलो चार घण्टा भित्र टिमल, जिङ्गगडोङ्ग मल, डोउयिन र कुआइशौ जस्ता प्रमुख चिनियाँ अनलाइन रिटेलर प्लेटफर्महरूमा बिक्री गरेर “फर्स्ट डे एण्ड फुल–डे सेल्स” (पहिलो दिन र पूरा दिन बिक्री) को लागि अघिल्लो वर्षको रेकर्ड तोडेको उल्लेख छ। यद्यपि, शाओमीले शाओमी १४ र १४ प्रो को लागि सही बिक्री तथ्याङ्कहरूको बारेमा भने खुलासा नगरेको थप उल्लेख छ। यद्यपि, शाओमीले शाओमी १४ र १४ प्रो को लागि सही बिक्री तथ्याङ्कहरूको बारेमा भने खुलासा नगरेको थप उल्लेख छ।
त्यसैगरी शाओमी १४ सिरिजलाई खरिदको लागि उपलब्ध गराएको पाँच मिनेटमा नै अघिल्लो पुस्ताको तुलनामा फर्स्ट–सेल सेल्स (पहिलो–बिक्री बिक्री) मा उल्लेखनीय रुपमा ६ गुणा वृद्धि हासिल गरेको भनी ब्रान्डले बताएको छ। साथै शाओमी १४ सिरिज खरिद गर्ने प्रयोगकर्ताहरूको अत्यधिक संख्याका कारण शाओमी होम अनलाइन स्टोरले प्राविधिक कठिनाइहरू अनुभव गरेको भनी शाओमी चीनका लागि भीपी/अध्यक्ष जिओयान वाङले दाबी गरेको जनाइएको छ।
शाओमी १४ सिरिजको उत्कृष्ट बिक्री प्रदर्शनका लागि धेरै कारकहरूले भूमिका खेलेका छन्। यस कारकहरूमा यसको प्रभावशाली डिजाइन समावेश रहेको र जुन शाओमी १३ सिरिजको परिष्कृत पुनरावृत्ति भएको जनाइउको छ। त्यसैगरी यसमा स्न्यापड्रागन ८ जेन ३ चिपसेटको समावेश र अल–न्यू हाइपरओएस प्रयोगकर्ता अनुभवको परिचयले जस्ता कारकहरूले गर्दा शाओमी १४ सिरिजले उत्कृष्ट बिक्री प्रदर्शन गरेको थप उल्लेख छ।
त्यस बाहेक, दुबै स्मार्टफोनहरूमा लाइका–अप्टिमाइज्ड लाइट हन्टर ९०० प्राथमिक क्यामेराको अतिरिक्त अद्वितीय लाइका सुमिलक्स लेन्सले उच्च गुणस्तरको फोटोग्राफी अनुभव प्रदान गर्ने जनाइएको छ।
शाओमी १४ सिरिजको मूल्य निर्धारण निम्नानुसार रहेका छन्ः
शाओमी १४ सिरिजको ८जीबी र्याम र २५६जीबी स्टोरेज भएको आधार मोडलको मूल्य ५४६ अमेरिकी डलर, १२जीबी र्याम प्लस २५६जीबी स्टोरेज संस्करणको मूल्य ५८७ अमेरिकी डलर तोकिएको छ।
त्यसैगरी १६जीबी र्याम प्लस २५६जीबी स्टोरेज र १६जीबी र्याम प्लस ५१२जीबी स्टोरेज मोडलहरू क्रमशः ६२८ अमेरिकी डलर र ६८३ अमेरिकी डलरमा उपलब्ध छन्।
अर्कोतर्फ, शाओमी १४ प्रो विभिन्न कन्फिगरेसनहरूसँग आउँछन्ः १२जीबी र्याम प्लस २५६जीबी स्टोरेज संस्करणको मूल्य ६८३ अमेरिकी डलर, १६जीबी र्याम प्लस २५६जीबी स्टोरेज संस्करणको मूल्य ७५० अमेरिकी डलर, १६जीबी र्याम प्लस १ टीबी स्टोरेज मोडलको मूल्य ८१९ अमेरिकी डलरमा उपलब्ध छ भने टाइटेनियम एलोय फ्रेम सतिको १६जीबी र्याम प्लस १टीबी स्टोरेज संस्करणको मूल्य ८८८ अमेरिकी डलर तोकिएको छ।
हाल, १४ सिरिजको विश्वव्यापी प्रक्षेपण समय सीमाको बारेमा कुनै जानकारी उपलब्ध नभएको उल्लेख गरिएको छ।
प्रकाशित: १६ कार्तिक २०८०, बिहीबार