एप्पलको नयाँ १४ इन्च र १६ इन्च म्याकबुक प्रोमा एम३ चिप समावेश, टच बार हटाईयो

Technology Khabar १६ कार्तिक २०८०, बिहीबार

काठमाडौं ।

एप्पलको ‘बिग अनाउसमेन्ट डे’ मा नयाँ एम३ चिप्सद्वारा संचालित नयाँ १४ इन्च र १६ इन्च म्याकबुक प्रो नोटबुकहरू ल्याइएको छ। अबको एन्ट्री–लेभल भनेको भ्यानिला एम३ चिप र टच बार बिनाको १४ इन्च डिभाइस भएको जनाइएको छ भने यो १३ इन्च एम१ म्याकबुक प्रोको प्राकृतिक उत्तराधिकारी हुनेछ।

साथै १३ इन्च एम१ म्याकबुक प्रोको तुलनामा नयाँ उत्तराधिकारी भने केही ठूलो अनि महँगो पनि भएको छ।

यी ल्यापटपहरूको भित्री रूपमा नयाँ चिपहरूमा ठूलो सुधार भएको जनाइएको छ। साथै बाहिर यी ल्यापटपहरू (केवल एम३ प्रो र एम३ म्याक्स अप्सन्स) मा अब स्पेस ब्ल्याक अप्सन (विकल्प) रहेको र स्पेस ग्रेको तुलनामा गाढा हुनुका साथै नयाँ रङ्ग फिङ्गरप्रिन्ट म्यागनेट कम भएको एप्पलले दावी गरेको छ।

एप्पलले एम ३ प्रो सिलिकन भएको १६ इन्चको म्याकबुक प्रो सिङ्गल चार्जमा २२ घण्टासम्म चल्ने बताएको छ। १४ इन्चको संस्करणहरू भने साना ब्याट्रीहरूसहित आउने भएकाले यस नतिजामा कमी आउने उल्लेख गरिएको छ। साथै एम३ म्याक्स भेरियन्टहरूको ब्याट्री लाईफमा पनि कटौती हुने उल्लेख छ।

१४ इन्चको एम३ म्याकबुक प्रो यसको पूर्ववर्ती भन्दा ठूलो सुधार भएको छ। यसले १३ इन्चको म्याकबुकमा भएका बाक्लो बेजेलहरूबाट छुटकारा पाएको जनाइएको छ। साथै यो अब लिक्विड रेटिना एक्सडीआर डिस्प्लेको साथ ठूला ल्यापटपहरूको परिवारमा पनि सामेल भएको छ।

नयाँ म्याकबुक प्रो ल्यापटपहरूमा आई/ओ केही हदसम्म एम२ समकक्षीहरू जस्तै भएको र यसमा तीनओटा थन्डरबोल्ट १४ पोर्टहरू, एचडीएमआई पोर्ट, एसडी कार्ड रिडर र चार्जिङ्ग गर्नको लागि म्यागसेफ कनेक्टर रहेको छ।

बेस १४ इन्चको एम३ म्याकबुक प्रो को मूल्य ८ जीबी युनिफाईड स्टोरेज (एकीकृत भण्डारण) र ५१२ जीबी स्टोरेजको साथ १,५९९ अमेरिकी डलर बाट सुरु हुन्छ भने १ टीबी अप्सनको लागि थप २०० अमेरिकी डलर बढी मूल्य पर्नेछ।

एम३ प्रो चिप सहितको १४ इन्चको म्याकबुक प्रो को मूल्य १८ जीबी युनिफाईड स्टोरेज र ५१२ जीबी स्टोरेजको साथ १,९९९ अमेरिकी डलरबाट सुरु हुनुका साथै त्यहाँ १ टीबी र ९६ वाट यूएसबी–सी पावर एडाप्टरसँग २,३९९ अमेरिकी डलरको अप्सन (विकल्प) पनि छ।

शीर्ष तहमा एम३ म्याक्स, ३६ जीबी युनिफाईड स्टोरेज, १ टीबी भण्डारण संस्करणलाई ३,१९९ अमेरिकी डलर मूल्य पर्ने उल्लेख गरिएको छ।

एम३ प्रो भएको १६ इन्चको म्याकबुक प्रोको १८ जीबी युनिफाईड स्टोरेज (एकीकृत भण्डारण), ५१२ जीबी स्टोरेज र १४०डब्ल्यू यूएसबी–सी पावर एडाप्टरको लागि २,४९९ अमेरिकी डलरको प्रारम्भिक मूल्य रहेका छ भने ३६ जीबी युनिफाईड स्टोरेज (एकीकृत भण्डारण) संस्करणको लागि २,८९९ अमेरिकी डलर मूल्य भएको उल्लेख गरिएको छ।

साथै एम३ म्याक्सको दुई ओटा अप्सन्स (विकल्पहरू) पनि उपलब्ध रहेको र ३६ जीबी संस्करणको लागि ३,४९९ अमेरिकी डलर मूल्य पर्ने छ भने ४८ जीबी युनिफाईड स्टोरेज (एकीकृत भण्डारण) को साथ ३,९९९ अमेरिकी डलर पर्ने उल्लेख गरिएको छ।

एम३ र एम३ प्रो अप्सन्सको ढुवानी नोभेम्बर ७ देखि सुरु हुने उल्लेख गरिएको छ। एम३ म्याक्स भेरियन्टहरू भने पछि आउने जीएसएमएरिनामा उल्लेख गरिएको छ।

प्रकाशित: १६ कार्तिक २०८०, बिहीबार

तपाइको प्रतिक्रिया