Technology Khabar १६ कार्तिक २०८०, बिहीबार
काठमाडौं ।
भिभो एक्स १०० सिरिज नोभेम्बर १३ मा चीनमा सार्वजनिक हुने भएको छ।भिभो विकासकर्ता सम्मेलनमा एक प्रस्तुतीकरणको समयमा मिति र समय पुष्टि गरिएकाे हाे। इभेन्टमा चाइना-ओन्ली ओरीजन ओएस ४ को डेब्यू देखिएकाे थियाे।
कम्पनीले कार्यक्रममा ब्लु ओएसको साथ भिभो वाच ३ पनि प्रस्तुत गर्ने बताइएकाे छ। वेयरेबलहरूको लागि यसको नयाँ अपरेटिङ सिस्टमको बारेमा केही विवरणहरू उपलब्ध भएका छन्।
भिभोले आधिकारिक रूपमा भिभो एक्स १०० को डिजाइन कम्पनीको कार्यकारीकाे पोस्टमा , एनटूटूमा बेन्चमार्कले १६ जीबी र्याम प्लस १ टिबी भण्डारण र डायमेन्सीटी ९३०० चिपसेट, साथै ३ सीमा १२० वाट चार्जिङ प्रमाणीकरण देखाएकाे छ।
सिरिजमा भिभो एक्स १०० र भिभो एक्स १०० प्रो दुईओटा फोनहरू समावेश हुने सम्भावना रहेकाे छ। प्रो प्लस सदस्य अर्को वर्षको सुरुमा सामेल हुने जिएसएमएरिनामा उल्लेख छ।
प्रकाशित: १६ कार्तिक २०८०, बिहीबार