Technology Khabar १५ कार्तिक २०८०, बुधबार
काठमाडौं ।
वनप्लस र रियलमी भारतीय स्मार्ट टिभी खण्डबाट फिर्ता हुन लागेका छन्। यसको अर्थ छिट्टै दुवै टेक कम्पनीहरूले भारतमा स्मार्ट टिभीको उत्पादन र बिक्री बन्द गर्नेछन्। भारतीय बजारमा स्मार्ट टिभीको माग तीव्र गतिमा बढ्दै गएका बेला यो खबर बाहिर आएको हो। यस्तो अवस्थामा, अब प्रश्न उठ्छ कि किन वनप्लस र रियलमी टिभीको बढ्दो मागको बीचमा बजारबाट फिर्ता भइरहेका छन्।
भारतीय मिडिया टीओआईले उद्योग स्रोतहरू उद्धृत गर्दै, रिपोर्टमा भनेअनुसार वनप्लस र रियलमीले स्मार्ट टिभी वर्गबाट फिर्ता लिने निर्णय गरेको छ।
दुबै कम्पनीहरूले टेलिभिजन क्षेत्रमा आफ्नो उपस्थिति स्थापित गर्न र आफ्नो सेल च्यानल र ब्रान्डहरू स्थापना गर्न पछिल्ला धेरै वर्षहरूमा कडा मेहनत गरेका छन्। दुवै कम्पनीको टिभी बिक्रीमा पनि वृद्धि देखिएको छ।
चिनियाँ कम्पनीहरूले प्रतिस्पर्धामा अगाडी रहन सस्तो स्मार्ट टिभी बजारमा ल्याइरहेको विश्वास गरिन्छ। जसका कारण उनीहरुले धेरै घाटा बेहोर्नु परेको छ। यसै कारण, वनप्लस र रियलमीले बजारबाट फिर्ता लिने निर्णय गरेको छ। यद्यपी दुबै कम्पनीले बजारबाट बाहिरिने सम्बन्धमा आधिकारिक रुपमा कुनै जानकारी दिएको छैन।
स्रोतहरूलाई उदृत गर्दै रिपोर्टअनुसार वनप्लस र रियलमीको फोकस स्मार्टफोनहरूमा हुने उल्लेख छ। दुवै कम्पनीले भारतमा फोन उत्पादन गर्न जारी राख्नेछन्।
वनप्लसले आफ्नो पहिलो टिभी २०१९ मा लन्च गरेको थियो। यसपछि, रियलमीले अर्को वर्ष अर्थात् २०२० मा बजारमा आफ्नो पहिलो स्मार्ट टिभी ल्यायो। यस अवधिमा दुवै ब्राण्डका टिभीको बिक्री बढेको छ।
भर्खरको काउन्टरपोइन्ट रिपोर्ट अनुसार, वनप्लस भारतको चौथो ठूलो टिभी ब्रान्ड हो। यसको बजार हिस्सा ८ प्रतिशत छ।
प्रकाशित: १५ कार्तिक २०८०, बुधबार