Technology Khabar १५ कार्तिक २०८०, बुधबार
काठमाडौं ।
एप्पलले २०२४ प्रो मोडलका टेलिफोटो क्यामराहरूको लागि मोल्डेड ग्लास लेन्सहरू समावेश गर्ने योजना लिएको छ।
सप्लाई चेन (आपूर्ति श्रृंखला) रिपोर्ट अनुसार लार्गनले अर्को वर्षको टेलिफोटो लेन्सको आवश्यकतालाई विशेष रूपमा कभर गर्ने जीएसएमएरिनाको एक रिपोर्टमा उल्लेख गरिएको छ।
मोल्डेड ग्लास लेन्सहरू समान म्याग्निफिकेसन डिस्टेन्स (दूरी) मा परम्परागत ग्राउन्ड ग्लास भन्दा पातलो र हलुका हुने जनाइएको छ। यसको अर्थ १५ प्रो म्याक्सको १२० मिमी जुम लेन्सलाई सन् २०२४ मा सानो आईफोन १६ प्रोमा समावेश गर्न सकिने र यसलाई १६ प्रो म्याक्सको बराबरीमा ल्याउने छ।
मोल्डेड ग्लास लेन्सको इन्हेरेन्ट कम्प्लेक्सिटी (अन्तर्निहित जटिलता) को कारणले गर्दा एप्पलले अर्को वर्षको आईफोन प्रो मोडलहरूको लागि तयारी गरिरहेको जनाइएको छ। साथै कम्पनीले व्यावहारिक रूपमा अर्डरको साथ आपूर्ति श्रृंखलामा नियन्त्रण गर्दैछ भनी रिपोर्टले सुझाव दिएको छ।
प्रकाशित: १५ कार्तिक २०८०, बुधबार