Technology Khabar १५ कार्तिक २०८०, बुधबार
काठमाडौं ।
जापानी अटो निर्माता कम्पनी इसुजुले आफ्नो पहिलो इलेक्ट्रिक बस इसुजु एर्गा ईभी सार्वजनिक गरेको छ। यसका साथै एर्गा ईभीलाई विश्वको पहिलो ब्याट्री इलेक्ट्रिक फ्ल्याट–फ्लोर बस भएको बताईएको छ।
यस एर्गा ईभी बसलाई ‘२०२३ जापान मोबिलिटी शो’ को समयमा प्रदर्शनमा राखिएको र सन् २०२४ मा जापानी बजारमा प्रवेश गर्नको लागी निर्धारित गरिएको गीज्मोचाइनाको रिपोर्टमा उल्लेख गरिएको छ।
फिचर्स
इसुजु एर्गा ईभीमा ९० यात्रुको सिट क्षमता र ३०० किलोमिटरसम्मको दायरा रहेको छ। एर्गा ईभी बसमा कम्पोनेन्टहरूको एरेसँग सुसज्जित रहेको र यसले सुरक्षित र आरामदायी सवारी (सेफ एण्ड कम्र्फटेबल राइड) को सुनिश्चित गर्ने उल्लेख गरिएको छ। उक्त कम्पोनेन्टहरूको एरेमा अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टम (एईबीएस), लेन डिपार्चर वार्निङ र ब्लाइन्ड स्पट मोनिटरिङ सिस्टम समावेश रहेको छ। बसमा यात्रुहरूका लागि एड्याटिभ क्रूज कन्ट्रोल र यूएसबी चार्जिङ पोर्टहरू पनि समावेश गरिएको छ।
एर्गा ईभीको फ्ल्याट–फ्लोर र लो–हाइट (कम उचाइ) को डिजाइनका साथै यसको फ्लेक्सिबल लेआउटका कारणले बसको पछाडि कुनै स्टेप्स नभएको उल्लेख छ। साथै यसले पूर्णरूपमा फराकिलो र सजिलैसँग पहुँचयोग्य इन्टेरियर बनाउने भएकाले यसले यात्रुहरूलाई सजिलै बसमा चढ्न वा ओर्लन अनुमति दिनेछ।
यस बसमा प्यासेन्जर–फ्रेण्डली इन्टेरियर आर्किटेक्चर छ भने बस रियर–व्हील ड्राइभ पर्मानेन्ट म्याग्नेट सिंक्रोनस मोटर (पीएमएसएम) द्वारा संचालित हुनेछ।
प्रकाशित: १५ कार्तिक २०८०, बुधबार