Technology Khabar १५ कार्तिक २०८०, बुधबार
काठमाडौं ।
नयाँ एम ३ युक्त १४ इन्चको म्याकबुक प्रोको सुरुवातसंगै, एप्पलले १३ इन्च म्याकबुक प्रोलाई बन्द गरेको छ। १३ इन्च म्याकबुक प्रो अब एप्पलको स्टोर मार्फत बिक्रीको लागि सूचीबद्ध नरहेको उल्लेख छ।
म्याकबुक प्रो सेग्मेण्टले १४ इन्च र १६ इन्च मोडलहरू मात्र प्रस्ताव गर्छ। १३ इन्च म्याकबुक प्रो टच बार भएको अन्तिम म्याक थियो। १३ इन्च म्याकबुक प्रो बन्द हुनुको अर्थ टच बार पनि आधिकारिक रूपमा बन्द गरिएको देखिन्छ।
एप्पलको १३ इन्च एम २ म्याकबुक प्रो को मूल्य १ हजार २ सय ९९ अमेरिकी डलर थियो। जसले यसलाई १३ इन्चको म्याकबुक एयर भन्दा १०० डलर महँगो बनाएको थियो।
नयाँ एम ३ १४ इन्च म्याकबुक प्रोको मूल्य १ हजार ५९९ डलरबाट सुरु भएकाे छ।
१३ इन्चको म्याकबुक प्रो अझै पनि एप्पलको स्टोरबाट तथा आपूर्ति समाप्त नभएसम्म खुद्रा विक्रेताहरूबाट उपलब्ध हुने बताइएकाे छ।
प्रकाशित: १५ कार्तिक २०८०, बुधबार