सामसङ ग्यालेक्सी बुक ४ सिरिज आउँदै, ब्लुटुथ एसआइजीमा देखा पर्यो

  • Technology Khabar | १४ कार्तिक २०८०, मंगलवार
सामसङ ग्यालेक्सी बुक ४ सिरिज आउँदै, ब्लुटुथ एसआइजीमा देखा पर्यो

काठमाडौं ।

सामसङ ग्यालेक्सी बुक ४ सिरिज मोनीकर ब्लुटुथ एसआइजीमा देखा परेको छ। दक्षिण कोरियाली टेक जायन्टका नवीनतम ल्यापटप पीसीहरू ब्लुटुथ एसआइजी प्रमाणीकरणमा देखिएका हुन्।

नयाँ प्रमाणीकरण सूचीले ग्यालेक्सी बुक ४ सिरिज मोनिकर पुष्टि गरेको छ र नयाँ ग्यालेक्सी बुक ल्यापटपहरू चाँडै लन्च हुन सक्ने संकेत गर्छ।

यस सूची अनुसार, ग्यालेक्सी बुक ४ लाइनअपमा ग्यालेक्सी बुक ४, ग्यालेक्सी बुक ४ ३६०, ग्यालेक्सी बुक ४ प्रो, ग्यालेक्सी बुक ४ प्रो ३६०, र ग्यालेक्सी बुक ४ अल्ट्रा समावेश हुनेछ। ग्यालेक्सी बुक ४ लाइनअप सामसङ ल्यापटपको नयाँ पुस्ता भएको हुनाले, यी मोडलहरू इन्टेलको आगामी मिटियर लेक सिरिजका प्रोसेसरहरूद्वारा संचालित हुने अपेक्षा गरिएको छ।

त्यस्तै ग्यालेक्सी बुक ४ सिरिज मात्रै ब्लुटुथ एसआइजीमा सूचीबद्ध ल्यापटप प्रस्ताव नभएर प्रमाणीकरण प्लेटफर्मले पुरानो पुस्ता नोटबुकहरू ग्यालेक्सी बुक ३ अल्ट्रा र ग्यालेक्सी बुक २ प्रो विशेष संस्करण पनि सूचीबद्ध गर्नुलाई चाखलाग्दो रुपमा लिइएको छ।

दुई मोडलहरूले हार्डवेयर रिफ्रेस प्राप्त गरिरहेको हुन सक्ने बताइएकाे छ।यसले तिनीहरू नयाँ पुस्ताको इन्टेल प्रोसेसरहरूसँग आउन सक्ने सम्भावना रहेको छ। हालको जेन ग्यालेक्सी बुक ३ अल्ट्रा यस वर्षको सुरुमा घोषणा गरिएको थियो।

नेबरको नयाँ रिपोर्टले सामसङले ग्यालेक्सी बुक ४ प्रो (कोडनाम एनटी ९६० एक्स जीके) लाई प्रमाणित गरिरहेको छ, जुन एक इन्टेल कोर अल्ट्रा द्वारा संचालित भएको चर्चा छ।

ग्यालेक्सी बुक ४ प्रो सिरिजका मोडलहरू इन्टेल कोर अल्ट्रा चिप्सका साथ आउने बताइएकाे छ। अन्य ग्यालेक्सी बुक ४ मोडेलहरू इन्टेल १४ औं जेन चिपसेटहरूसँग आउन सक्ने छ। इन्टेल कोर अल्ट्रा सँग एआई र मेसिन लर्निङका लागि इन्टीग्रेटेड एनपीयू रहेकाे जसले ग्यालेक्सी बुक ४ प्रोका लागि रे ट्रेसिङ र उन्नत ग्राफिक्स रेन्डरिङलाई समर्थन गर्न सक्नेछ।

प्रकाशित: १४ कार्तिक २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार