एक्सपेङको नवीनतम सिक्स-ह्विल कन्सेप्ट एसयूभी अनावरण

  • Technology Khabar | १४ कार्तिक २०८०, मंगलवार
एक्सपेङको नवीनतम सिक्स-ह्विल कन्सेप्ट एसयूभी अनावरण

काठमाडौं ।

चिनियाँ इलेक्ट्रिक कार निर्माता एक्सपेङले टेस्ला साइबरट्रक जस्तो देखिने नयाँ कन्सेप्ट इलेक्ट्रिक भेहिकल सार्वजनिक गरेको छ।

चिनियाँ कम्पनीको सिक्स ह्विल कन्सेप्ट भेहीकलले यसको रियर कम्पार्टमेन्टबाट फ्लाइङ कार लन्च गर्ने क्षमता पनि प्रदान गर्ने उल्लेख छ।

एक्सपेङ इभ्प्रेसिभ कन्सेप्ट भेहीकलहरूको बढ्दो पोर्टफोलियोको साथ एक इलेक्ट्रिक कार स्टार्टअप फर्म हो। भर्खरको प्रस्तावलाई ल्यान्ड एयरक्राफ्ट क्यारियर भनिने छ।

याे कठिन भूभागमा सञ्चालन गर्ने आपतकालीन सेवा प्रदायकहरूद्वारा प्रयोगको लागि डिजाइन गरिएको उल्लेख छ।

यसलाई माउन्टेन रेस्क्यू जस्ता विभिन्न चुनौतीपूर्ण अबस्थाहरुमा प्रयोग गर्न सकिने बताइएकाे छ। ल्याण्ड एयरक्राफ्ट क्यारियर कन्सेप्ट साइबरट्रकसँग मिल्दोजुल्दो डिजाइन रहेको छ। यो टेस्ला पावरहाउसको प्रत्यक्ष प्रतिलिपि वा क्लोन भने नभएको उल्लेख छ। यसमा फ्ल्याट साइड्स, एङ्गुलर प्यानल, र साइबरट्रक जस्तै अनपेन्टेड स्टिल फिनिश रहेको छ।

याे टेस्ला साइबरट्रकको विपरीत एक्सपेङ ल्याण्ड एयरक्राफ्ट क्यारियर एक हाइब्रिड भेहीकल हो। यसको इलेक्ट्रिक आर्किटेक्चरको अतिरिक्त, यसमा इन्टर्नल कम्बस्टन इन्जिन रहेकाे छ। यसको हाइब्रिड सिस्टमले यसलाई खतरनाक अवस्थामा सञ्चालन गर्न धेरै बहुमुखी बनाउँछ।

ल्याण्ड एयरक्राफ्ट क्यारियरको पछाडिको ह्याच, खोलिएपछि, उडान कारको लागि स्टाेरेज कम्पार्टमेन्ट प्रदान गर्छ। हेलिकप्टर स्टाइल टू पर्सन एयरक्राफ्ट आपतकालीन अवस्थामा आवश्यक परेमा गाडीको कार्गो क्षेत्रबाट तैनाथ गर्न सकिने बताइएकाे छ।

एक्सपेङ ल्याण्ड एयरक्राफ्ट क्यारियर कम्पनीको विकासमा पाँचौं अवधारणा मोडल हो। यसले चिनियाँ बजारको लागि ईभीहरू विकास गर्न फक्सवागनसँग साझेदारी गरेको छ।

प्रकाशित: १४ कार्तिक २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार