
काठमाडौं ।
ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउने भौतिक रुपमा सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) नबोके पनि हुने भएको छ। नियम पूर्वक सवारी चलाउने सरकारको नागरिक एपमा लिंक गरिएको लाइसेन्स देखाउँदा पनि हुने भएको हो।
नागरिक एप मार्फत देखाएको लाइसेन्सलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको नागरिक एपले सोमबार सूचना प्रकाशित गर्दै सूचित गरेको छ।
नागरिक एपले प्रकाशित गरेको सूचनामा लेखिएको, ‘नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एप मार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको व्यहोरा जानकारी गराउँदछौ। यदि नागरिक एपमा तपाईको सवारी चालक अनुमति पत्र लिंक भएको छैन भने कृपया आजै लिंक गर्नुहोस्।’
https://twitter.com/nagarikapp/status/1718907845003862073/photo/1
प्रकाशित: १३ कार्तिक २०८०, सोमबार