
काठमाडौं ।
सामसङ ग्यालेक्सी एस२४ सिरिज उत्पादनमा प्रवेश गरेको रिपोर्ट आएको छ। ग्यालेक्सी एस२४ सिरिज उत्पादनमा प्रवेश गरेसँग जनवरी २०२४ मा सम्भावित रुपमा सार्वजनिक हुने अनुमान गरिएको गिज्मोचाइनाले उल्लेख गरेको छ।
ग्यालेक्सी एस२४ सिरिज अन्तर्गत स्ट्यान्डर्ड ग्यालेक्सी एस२४, एस२४ अल्ट्राप्लस र एस२४ अल्ट्रा समावेश छन्।
यी विवरणहरु चर्चित लोकप्रिय चिनियाँ टिपस्टर आइस युनिभर्स सहित विभिन्न स्रोतहरुबाट आएका हुन्। यी स्रोतहरुले फ्ल्यागसिप स्मार्टफोन उत्पादनमा प्रवेश गरेको सुझाव दिन्छ। लन्च मिति अनिश्चित रहेको छ। लिकहरुका अनुसार डिभाइस जनवरीको मध्यदेखि अन्त्यसम्म सार्वजनिक हुनेछ। केही स्रोतले यस अघि नै लन्च हुने संकेत गरेका छन्।
रिपोर्ट अनुसार स्ट्यान्डर्ड ग्यालेक्सी एस२४ चीनको ३सी सर्टिफिकेसन प्राधिकरणले सर्टिफाइड प्रदान गरेको छ। स्ट्यान्डर्ड र अल्ट्रा दुवैको हाई क्वालिटी रेन्डर्स अनलाइनमा देखा परेका छन्। रिपोर्ट अनुसार ग्यालेक्सी एस२४ मा स्न्यापड्रागन ८ जेन ३ चिपसेट, १२० हर्ज रिफ्रेस रेटका साथ ६.१७ इन्च डायनामिक एमओएलईडी डिस्प्ले, ३९०० एमएएच देखि ४००० एमएएच क्षमताका ब्याट्री समावेश गरिनेछ।
केही बजारहरुमा स्ट्यान्डर्ड एस२४ र एस२४ प्लस एक्सनोस २४०० चिपसेटका साथ उपलब्ध हुन सक्छ। कोरियन मोडल ग्यालेक्सी एस२४प्ल एक्सनोस २४०० र १२ जीबी र्याममा गिकबेन्चमा उपलब्ध छ। सामसङले ग्यालेक्सी एस२४ अल्ट्राको लागि जुम एनीप्लेस र ई२ई एआई रेमोजेक लगायत इनोभेटिक फिचर्स समावेश गर्ने योजना बनाएको छ। थप रुपमा ग्यालेक्सी एस२४ सिरिजमा आईफोन १५ प्रोको डिजाइनसँग मिल्दोजुल्दो टाइटेनियम बडी दिइने सम्भावनालाई पनि लिकहरुले सं
प्रकाशित: १३ कार्तिक २०८०, सोमबार