Technology Khabar १३ कार्तिक २०८०, सोमबार
काठमाडौं ।
भारतको पुणे स्थित स्टेरलाइट टेक्नोलोजीजले दिल्लीमा आयोजना भईरहेको भारतीय मोबाइल कांग्रेसमा १६० माइक्रोन अप्टिकल फाइबर प्रदर्शन गरेको छ। कम्पनीले यो संसारको सबैभन्दा पातलो अप्टिकल फाइबर भएको दाबी गरेको छ जसले सञ्चारमा महत्वपूर्ण भूमिका खेल्ने छ।
यो अवधारणा महाराष्ट्रमा एसटीएलको उत्कृष्टता केन्द्रमा योजना र विकास गरिएको छ र कम्पनी यस प्रविधिको विकास र पेटेन्ट गर्ने विश्वव्यापी रूपमा पहिलो कम्पनी बनेको भारतीय मिडियाहरुले रिपोर्ट गरेका छन्।
भारतका केन्द्रीय संचार, इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवले भारतीय मोबाइल कांग्रेसको ७ औं संस्करणमा उक्त अप्टिकल फाइबर अनावरण गरे। उनले यो १६० माइक्रोन फाइबरको दुई स्ट्र्यान्डहरूलाई सँगै जोडेका थिए। यो दुई ओटा कपाल-पातलो अप्टिकल फाइबर कोरलाई पूर्ण रूपमा जोड्नको लागि उच्च क्यालिब्रेट गरिएको प्रक्रिया हो।
स्टरलाइट टेक्नोलोजीद्वारा विकसित १६० माइक्रोन फाइबरबाट बनेको केबलले परम्परागत २५० माइक्रोन फाइबरभन्दा ३ गुणा बढी क्षमता प्याक गर्न सक्छ। यसको अर्थ पहिले भन्दा धेरै केबलहरू एक स्ट्यान्डमा फिट हुन सक्छन्। साथै कम्पनीले यो माइक्रोन फाइबरको व्यास ६.४ एमएम रहेको जुन पुरानो २५० माइक्रोन फाइबर भन्दा ३२ प्रतिशत कम रहेको बताएको छ।
यसले कम ठाउँमा धेरै केबलहरू प्याक गर्न अनुमति दिन्छ र १६० माइक्रोन फाइबर नेटवर्क डिप्लोइमेन्ट, ब्यान्डविथ क्षमता र हरियो भागफलमा क्रान्तिकारी परिवर्तन गर्नेछ।
यी फाइबर केबलहरूले टेलिकम-ग्रेड अप्टिकल कार्यसम्पादन र आईटीयू जी.६५७ए२ मानकको पालना गर्ने बताईएको छ। कम्पनीले भन्यो, “यो घोषणा हाम्रा आर एण्ड डी विज्ञहरूले ४एक्स क्षमता भएको भारतको पहिलो मल्टिकोर फाइबर र १८० माइक्रोन फाइबर सहितको आविष्कारको श्रृंखला पछि आएको हो।”
प्रकाशित: १३ कार्तिक २०८०, सोमबार