Technology Khabar १३ कार्तिक २०८०, सोमबार
काठमाडौं ।
भारतमा आयोजना भईरहेको इण्डिया मोबाइल कंग्रेस (आईएमसी) कार्यक्रममा, रिलायन्स जियोले भारतीय बजारमा जियोफोन प्राइमा फोरजी नामक नयाँ मोबाइल फोन अनावरण गरेको छ।
यो एक सामान्य फिचर फोन जस्तो देखिएतापनि यस नयाँ फोनले धेरै लोकप्रिय एपहरु जस्तै यूट्यूब र ह्वाट्सएपलाई पनि समर्थन गर्ने गीज्मोचाइनामा उल्लेख गरिएको छ।
जियोफोन प्राइमा फोरजीका मुख्य विशेषताहरूमा फोरजी कनेक्टिभिटी, १८०० एमएएच ब्याट्री र २३ ओटा भाषाहरूको लागि समर्थन (सपोर्ट फर २३ ल्याङ्गवेजेस) समावेश रहेका छन्। साथै यस फोनको रियर प्यानलको कन्सेन्ट्रिक सर्कल्समा इन्केस्ड जियो लोगो सहितको प्रिमियम, राउन्ड ( गोलाकार) डिजाइन रहेको र केवल १.५५ सेन्टिमिटरको मोटाई भएको छ।
त्यसैगरी जियोफोन प्राइमा फोरजीमा एआरएम कोर्टेक्स ए५३ प्रोसेसर र १२८जीबी एक्सपान्डेबल स्टोरेज समावेश गरिएको छ। यस फोनले एफएम रेडियोलाई समर्थन गर्नुका साथै ३.५ एमएम अडियो ज्याक फिचर गर्ने जनाइएको छ।
काईओएसमा रन हुने (चल्ने) यस नयाँ फोनले सिङ्गल सिम स्लट र ब्लुटुथ भर्सन ५.० प्रदान गर्ने छ। साथै यो फायरफक्स ओएस ओपन–सोर्स प्रोजेक्टमा आधारित रहेको र यसले व्हाट्सएप, फेसबुक, यूट्यूब र गुगल म्याप्स सहित १२०० भन्दा बढी एपहरूलाई समर्थन गर्ने उल्लेख गरिएको छ।
जियोफोन प्राइमा फोरजी यूट्यूब, जियोटिभी, जियो सिनेमा, जियोसावन, जियोन्युज आदि सहित पूर्व–लोड गरिएका एपहरूको साथ आउने बताईएको छ।
जियोफोन प्राइमा फोरजीको मूल्य २,५९९ भा.रु पर्ने उल्लेख गरिएको छ।
प्रकाशित: १३ कार्तिक २०८०, सोमबार