Technology Khabar १२ कार्तिक २०८०, आईतवार
काठमाडौं ।
टेस्लाले स्टेल्थ ग्रे शेड्समा मोडल एस र एक्स प्रस्तुत गरेको छ।
टेस्लाले आफ्नो प्रमुख जोडी मोडल एस र मोडलएक्स समावेश गरी कमजोर बिक्रीलाई बढाउन नयाँ पेन्ट कलरको साथ अझ आकर्षक बनाउन प्रयास गरिरहेको बताइएको हो।
तेस्रो त्रैमासिकमा, मोडल एस र एक्सको विश्वव्यापी डेलिभरी वार्षिक दरमा १४ प्रतिशतले घटेर १५,९८५ मा रहेकाे थियो। २०२३ को लागि नौ महिनाको नतिजा पनि ४५ हजार ९ सय ५ सय रहेकाे उल्लेख छ। यसको उत्कृष्ट वर्षहरूमा, टेस्लाले प्रति वर्ष लगभग १ लाख इकाइहरू बिक्री गरिरहेको थियो।
मोडल एस/एक्स डुओलाई झनै आकर्षक बनाउनका लागि एउटा समाधान नयाँ पेन्ट रङहरू थप्नु रहेकाे उल्लेख छ। मार्चमा, कम्पनीले नयाँ अल्ट्रा रातो रंगको पेन्ट प्रस्तुत गर्यो। सुरुमा यसको लागि अमेरिकी डलर ३ हजार चार्ज गरेको थियो।
सेप्टेम्बरमा, टेस्लाले सबै वैकल्पिक पेन्ट रङहरू निःशुल्क दिने निर्णय गरेकाे बताइएकाे छ। त्यस्तै, कम्पनीले १३ हजार ५ सय देखी १८ हजार ५ सय अमेरिकी डलरसम्म दुबै महत्त्वपूर्ण मोडलमा मूल्य कटौती लागू गरेकाे उल्लेख छ।
यसले मोडल एक्स संस्करणहरू मध्ये एउटालाई संघीय कर क्रेडिटको लागि योग्य हुन अनुमति दियो। यस महिनाको सुरुमा मोडल एक्स प्लेडको लागि मूल्य वृद्धि भएको थियो। तर समग्रमा, अफर अघिल्लो महिनाको तुलनामा धेरै राम्रो रहेको बताइएकाे छ।
मिडनाइट ग्रेलाई रेप्लेस गर्ने नयाँ स्टिल्थ ग्रे पेन्ट कलरको अनावरण टेस्लाको तत्कालको कदम हो। यो कलर अब उत्तर अमेरिका र एशियामा मोडल एस र मोडल एक्सको लागी उपलब्ध रहेकाे टेस्लाले बताएकाे छ।
अन्य पेन्ट रंगहरू पर्ल ह्वाइट मल्टि-कोट, साेलिड ब्लयाक , डिप ब्ल्यू मेटालीक र अल्ट्रा रेड हुन्।
स्टिल्थ ग्रे पेन्ट रंग सबैभन्दा आकर्षक मध्ये एक मानिन्छ। यो गीगा साङ्घाई कारखानाबाट टेस्लन माेडल ३ हाइलेण्ड संस्करणमा डेब्यु भएकाे हो।
प्रकाशित: १२ कार्तिक २०८०, आईतवार