केवल १८५ अमेरिकी डलर र च्याटजीपीटीको सहयोगमा दुई साथीले स्थापना गरे लाखौं डलरको कम्पनी

  • Technology Khabar | ८ कार्तिक २०८०, बुधबार
केवल १८५ अमेरिकी डलर र च्याटजीपीटीको सहयोगमा दुई साथीले स्थापना गरे लाखौं डलरको कम्पनी

काठमाडौं ।

ओपन एआईको च्याटबोट च्याट जीपीटी प्रयोग गरेर दुई साथीले १ लाख ५० हजार डलरको कम्पनी बनाएका छन्। अचम्मको कुरा के छ भने उनले आफ्नो खल्तीबाट १८५ डलर मात्रै कम्पनीमा लगानी गरेका छन्।

सीएनबीसीको रिपोर्टका अनुसार, साल एईलो र मोनिका पावर्स नामक दुई साथीहरूले आफ्नो आइडियामा लगभग १८५ अमेरिकी डलरको सानो लगानी गरे र च्याटजीपीटीको सहयोगमा एक सफल एआई स्टार्टअपमा परिणत गरे।

पछि उनीहरुले यो कम्पनीलाई १,५०,००० डलरमा बेचेका थिए। दुई साथीको यो यात्राले कसरी प्रविधि र आविष्कारले जीवन परिवर्तन गर्न सक्छ भन्ने देखाउँछ।

साल आइलो र मोनिका पावर्स पहिलो पटक सिलिकन भ्याली स्टार्टअप एक्सिलेटर, वाई कम्बिनेटरद्वारा आयोजित भर्चुअल स्टार्टअप संस्थापक मिटिङ्गमा भेटेका थिए। दुवैले आपसमा एउटा आइडिया साझा गरे र फुर्सदको समयमा यसमा काम गर्ने निर्णय गरे। यी दुईले आफ्नो एआई प्रोजेक्ट मात्र ४ दिन र करिब १८५ डलरको प्रारम्भिक लगानीमा सुरु गरेका थिए।

रिपोर्टकाअनुसार सुरुमा उनीहरुले बजार अनुसन्धानको लागि आफ्नो काममा च्याटजीपीटी प्रयोग गरे। जब उनीहरुले च्याटजीपीटी कसरी प्रयोग गर्ने भनेर सिके, उनीहरुको काम बढ्दै गयो। साल एइलोले टेक स्टार्टअपमा सीटीओको रूपमा काम गरेका थिए, जबकि पावर्ससँग डिजाइन र ब्रान्डिङ कम्पनी, मास्कटमा अनुभव थियो।

यी दुईले डाइमएडजन (DimeADozen) नामक कम्पनी सुरु गरे जसले प्रयोगकर्ताहरूलाई आफ्ना विचारहरूलाई फारममा इनपुट गर्न अनुमति दिने गर्दछ र त्यसलाई च्याटजीपीटीले प्रभावकारी रूपमा व्याख्या गर्ने गर्दछ। यसको अर्थ, सोही आधारमा च्याटजीपीटीले मानिसहरूलाई विभिन्न विचारहरूको पूर्णकालिन योजना बताउन प्रयोग गर्यो। यसका लागि उनीहरुले ३९ डलर लिने गरेका छन्।

केही समयपछि दुवैको दिमागमा कम्पनी बेच्ने आइडिया आयो । उनीहरुले यो कम्पनी फेलिप अरोसेमेना र ड्यानियल डे कर्नेललाई १ लाख ५० हजार अमेरिकी डलरमा बेचेका थिए। साल एइलो र मोनिका पावर्सले पनि यो परियोजनामा ​​पूर्ण समय काम गर्ने निर्णय गरे। दुवैले अब कम्पनीमा सल्लाहकारको रूपमा काम गर्नेछन्।

प्रकाशित: ८ कार्तिक २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार